अस्ट्रेलियाका राजदूतद्वारा सभामुख सापकोटासँग बिदाई भेट

१९ असोज, काठमाडौं ।

नेपालका लागि अस्टे«लियाका राजदूत Peter Budd  ले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गर्नुभएको छ । 


आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत Budd  ले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गर्नुभएको हो ।  

भेटमा सभामुख सापकोटाले नेपाल र अस्टे«लियाबीच६० बर्ष लामोसुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गर्नुभएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले नेपाल र अस्टे«लिया दुबै देश कोभिड १९ र जलवायु परिवर्तन चुनौतीको सामना गरिरहेको बताउँदै चुनौतीकाबीचमा नयाँ सम्भावना खोजिनुपर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले हालैनेपाल र अस्टे«लियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्टे«लियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो । 

सभामुख सापकोटालेनेपालमा अस्टे«लियाले सुरु गरेको सामुदायिक वनको अवधारणा गृह जिल्ला सिन्धुपाल्चोकबाटै सुरु भएको स्मरण गर्दै आफूलेसम्बन्धित मन्त्रालयको नेतृत्व गर्दासो क्षेत्रलाई वन अध्ययन केन्द्रका रुपमा अघि बढाएको स्मरण गर्नुभयो । 

बिदाई भेटका क्रममा राजदूत बडले आफ्नो साढे तीनबर्षेनेपाल बसाइ सुखद भएको जानकारी दिंदै स्वदेश फर्केपछि पनिसम्बन्ध बलियो बनाउन लागिरहनेप्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले नेपाल र अस्टे«लियाबीच सुरु भएको सिधाहवाइसेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । दुई देशबीच सहकार्यको लामो इतिहास रहेको चर्चा गर्दै राजदूत बडलेआगामी दिनमा अस्टे«लियाबाट उर्जा क्षेत्रमा थप लगानी हुने जानकारी दिनुभयो ।

नेपाल र अस्टे«लिया दुबैले जलवायु सम्बन्धि समान संकटको सामना गरिरहेको छ, राजदूत बडले भन्नुभयो, ‘नेपालमा हिमतालको चुनौती छ, हामी आगलागीको सामना गरिरहेका छौं ।’उहाँले जलवायु परिवर्तन र मानव अधिकारका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।


, ,