सेबक नेपालले नगरलाइ ठुलो सहयो गरेको छ उपप्रमुख जानुका पराजुली

 सेबक नेपालको सफापानि कार्यक्रमले   सिन्धुपाल्चोकका बिभिन्न स्थानका नागरिकलाइ सुबिधा  उपलब्ध गराएर आफ्नो कार्यक्रम स्थानिय सरकारलाइ हस्तानन्तरण गरेको छ । २०१५ देखी हाल सम्म सेबक नेपालको सहयोगमा  सञ्चालन गरेको सफा पानि कार्यक्रम स्थानिय सरकरलाइ हस्तानन्तरण गरिएको हो । हस्तानन्तरण पश्चात सेवक नेपाल ले  भुकम्प प्रभाबित समुदायलाइ  लक्षित गरि सञ्चालन गर्दै आएको  खानेपानि तथा सरसफाइ  प्रबर्धन कार्यक्रम अन्तरगतका गतिबिधी हरु र स्थानिय समुदायमा परेको प्रभाब बारेमा अनुगमन समेत गरिएको छ ।




जिल्ला सम्मन्वय समिती, नगरपालीका, खानेपानीकार्यलय र सञ्चार कर्मीहरु सहितले अनुगमन गरेको हो ।  अनुगमनको सिलसिलामा चौतारा साँगाचोकगढी नगरपालीकाका उपप्रमुख जानुका पराजुलीले  हामी जनप्रतिनिधीले  नगरका सबै नागरिकलाइ खानेपानिको  उपलब्ध गराउँन पर्नेमा सेबक नेपालले  नगरमा मात्र २९ वटा योजना सम्पन्न गरेर नगरलाइ हस्तानन्तरण गरेकोमा बिशेष धन्यबाद दिदै सेवक नेपाललले  नगरपालीकालाइ ठुलो सहयोग गरेको बताउँनु भयो । सोही अबशरमा नगर सामाजिक बिकास संयोजक तथा वडा नं १३का अध्यक्ष राम प्रसाद गौतमले नगरका खानेपानि समस्यामा परेका नागरिकलाइ पानिको ब्यबस्थापनको लागी ठुलो सहयोग गरेको र  योजनाहरु सम्पन्न भए पनि यसलाइ निरन्तरता दिनका लागी मर्मत सम्भारको लागी आबश्यक ध्यान जान पर्ने बताउँनु भयो । 

अनुगमनका क्रममा पात्ले खोला खानेपानि तथा सरसफाइ आयोजना का अध्यक्ष राम गिरीले यस समितीका ३४ घर धुरी का १६७ नागरिकले खानेपानिका  साथै   केहीले तरकारी खेती समेत गरेको मा खुशी ब्यक्त गर्दै यस्तो आयोजनाले गर्दा स्वास्थय तथा सरसफाइमा सहज भएको बताउँनु भयो । उँहालेस्थानिय ले तरकारि वारि  गर्ने गरेको ले आयआर्जन कार्यक्रम मा पनि सहयो ग पुगेको बताउँनु भयो । मरमतको लागि मासिक ५० उठाउने गरेको छ । सेबक नेपालले समितिका ९ जनालाइ पानी मरमतका लागि तालिम दिएको हँुदा पानि बिग्रदा पनि आफैले ममंत गर्न सकिने बताउानु भयो ।

यसै गरि साहीथोक खाने पानि तथा  सरसफाइ  आयोजनका कोषध्यक्ष रमा चौलागाइले सेवक नेपालको सहयोगका कारण स्थानीय हरुलाइ निकै सुबिधा पुगेको बताउँनु भयो । उँहाले  ४८ घरका १९३ भन्दा बढीले सुबिधा पाएकोमा स्थानीयहरु धेरै खुशी भएको बताउँदै सेबक नेपालले हामिलाई सेवा गरेरै जाने भयो सके सम्म सेवक नेपाल ले नियमित सेवा दिए हुने थियो समितिका सचिब  मान धोर्जे लामाले दुखेसो पोख्नु भयो ।  खाने पानिको राम्रो सुबिधा दियर सेबक नेपालले कार्यक्रम छोड्न लाग्दादुख लागे पनि आगामिदिनमा सेबक नेपाल लेसिकायको सिपलाइप्रयोग गरेरखानेपानिलाइ निरन्तरता दिने बताउनु उँहाले बताउँनु भयो। सेबक नेपालका जिल्ला कार्यत्रक्रम प्रबन्धक प्रकाश सापकोटा, को  संयोजनमा गएको अनुगमन कार्यक्रममा नगर उपप्रमुख जानुका पराजुली,वडाअध्यक्षहरु रामप्रसाद गौतम, शुसिल माझी  खानेपानि डिभिजन कार्यलयका  प्रकाश प्याकुरेल,लगाएतको सहभागिता रहेको थियो । 




, , , , ,