बिहान ६ बजे देखी बेलुका ८ बजे सम्म कार्यालयमा नै काम

चौतारा, असोज १९ । 

सिन्धु पाल्चोक जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा  बिहान ६ बजे देखी बेलुका ८ बजे सम्म काम भइरहेको छ ।


जिल्ला कोृष तथा लेखा नियन्त्रण कार्यलयले  कार्यालयमा काम गरिरहेको कोरोनाका कारण सामाजकि दुरी कायम गरि काम गर्न पर्ने यसो गर्दा कार्यालय समयमा मात्र काम गर्दा  कार्यालयमा कामको भिडभाड हुने हुँदा बिहानै देखी कार्यलय सञ्चालन गरिएको कोष तथा लेखा नियन्त्रण कार्यलयका लेखापाल शम्भु पोख्रेलले बताउँनुभयो ।

खाश गरि जिल्लामा रहेका १२ वटै स्थानिय तह तथा सरकारी कार्यदलयहरुमा प्राय गरेर आर्थीक कारोकार हुने स्थानमा अली भिड हुने गरेको छ । यो भिड हुन नदिन पनि कोष तथा लेखा नियन्त्रण कार्यालय चनाखो  भएको देखिन्छ ।

कार्यांलयले अहिले आन्तरिक लेखाको बार्षीक प्रतिबेदन तयार गर्ने आन्तरिक काममा बढी व्यस्तता हुन गर्ने भएकाले पनि बिहानै देखी कार्यालय खोलेर काम गर्ने ब्यबस्था मिलाइएको  प्रमुख कोष नियन्त्रक केशब राज सुबेदीले बताउँनुभयो ।  

,