नेत्रज्योती कृषी सहकारी सस्थाको साधरण सभा सम्पन्न

चौतारा,असोज २४ ।

नेत्रज्योती कृषी सहकारी सस्थाको सातौ साधरण सभा शनबिार डडुवामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

नेपाल सरकारको निर्देशन र बर्तमान  बिश्वब्यापी रुपमा फैलिएको महामारीका कारण मानीस भेला हुन सभा सम्मेलन गर्न नपाइने भएको हुँदा  स्वास्थ्य मापदण्ड अनुसार सिमीत ब्यक्तीहरुको उपस्थितीमा साधरण सभा सम्पन्न भएको हो ।

सस्थाका अध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको साधरण सभाले बिभिन्न निर्णयहरु गरेको छ । सस्थाका अध्यक्ष नेत्र बहादुर बस्नेतले  कार्य ब्यस्तताका कारण देखाइ दिनु भएको राजिनामा समेत स्वकिृत गरि बाबुराम बस्नेतलाइ अध्यक्ष बनाइएको छ ।

संस्थाको केन्द्रीय कार्यलय चौतारा साँगाचोकगढी नगरपालीका १४ डडुवामा भएको सहकारीको साधरण सभाले सहुलियत सहकारी पसल सञ्चालन गर्ने, खेतीयोग्य रहेको बाँझौ जग्गाको सदुपयोग गरि उत्पादन मुलक काम गर्ने सहकारिताको माध्यमबाट सामुहिक पशुपन्छी पालन गर्ने सामुहीक खेती गर्ने लगाएतका निर्णयहरु  गरेको छ ।

मानबसेवा सस्थाकी अध्यक्ष शान्ता क्षेत्री थापाको   प्रमुख अतिथ्यता र श्री बासडोल सामुदायक बहुउद्धेश्यीय सहकारी सस्थाको कल्पना कुँवरको बिशेष अतिथ्यतामा सम्पन्न भएको साधरण सभाले बाबुराम बस्नेत अध्यक्ष,शान्ता क्षेत्री उपाध्यक्ष, महोन बस्नेत सचिब, श्रृजना बस्नेत कोषाध्यक्ष, राजेन्द्र बस्नेत सह–सचिब, भरत बस्नेत सह–कोषाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा नेत्रबहादुर बस्नेत, गोमादेबी दुलाल शर्मा, कल्पना रसाइली, साबेत्री श्रेष्ठ, सिता बाँनीया रहनु भएको छ । यसै गरि  बलराम बस्नेतको संयोजकत्वमा कृष्ण बहादुर नेपाल, नगेन्द्र बस्नेत रहनु भएको कर्जा उपसमिती गठन गरिएको छ भने ठुलो चोक बहादुर बस्नेतको संयोजकत्वमा चन्द्रावती बस्नेत र माँया बस्नेत सदस्य रहेको लेखा समिती गठन गरिएको छ ।

यसै गरि सिताराम बस्नेतको संयोजकत्वमा भरत नेपाल,  डम्बर भण्डारी रहेको सिक्षा समिती समेत गठन भएको छ । सस्थाले सुपथ मुल्य पसल सञ्चालन, पशुपन्छी पालन तथा ब्यबस्थापन, बाँझो जमिनमा जडीबुटी खेती गर्ने लगाएतका बिभिन्न ब्यबस्थापनको लागी उपसमितीहरु समेत गठन गरेको छ । 

, , ,