चौतारा, असोज २८ ।
राजधानीबाट सबैभन्दा नजिकै रहेको जुगल हिमशृंखला अन्तर्गतको ग्याल्जेन पिक आरोहणमा हिडेको टोलि बुधबार साँझ दिपु हुदै छेदाङ पुगेको छ ।
आरोहण दलमा शर्मिला लामा, पासाङकाजी शेर्पा, पेम्बा तामाङ, आङदोर्जे शेर्पा, आङछिरिङ शेर्पा र सार्की शेर्पाको टोलि मंगलबार जुगल गाउँपालिकाका गुम्बा हुँदै तेम्बाथामा गएर बास बसेको थियो । अहिले उपाध्यक्ष सिर्जना तामाङ सहितको टोली दिपुमा पुगेका छन् । शुक्रबारदेखि आरोहण सुरु गर्ने तयारी रहेको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताउँनुभयो ।
जुगल गाउँपालिका वडा नं ३ को उत्तरी भेगमा रहेको जुगल हिमश्रृङ्खालामा २ दर्जन भन्दा बढी चुचुरा रहेका छन् । तीन हजार ५ सय मिटरको उचाइमा रहेको नेपेमाशालको मनोरम दृश्य, उच्च भुभागमा रहेको फराकिलो मैदान, नजिकै ब्रहायणी नदी, जंगलमार्गमा तोङश्युक (हजार जना अट्ने) गुफा जुगल आरोहणको पर्यटकीय पाटो रहेको छ ।