बन्देउदेखि खाडिचौरसम्मको सडकखण्ड स्तरउन्नति गरिन

चौतारा, असोज २८ । 

अरनिको राजमार्ग अन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको सडकखण्ड स्तरउन्नति गरिने भएको छ ।

 १९ किलोमिटर रहेको उक्त सडक तिहारअघि नै कालोपत्रे गरि स्तरउन्नति गरिने भएको हो । बन्देउदेखि बाह्रबिसेसम्म राजमार्गको स्तर सुधारको कामले तिब्रता पाएसगैँ १० करोडको लागतमा अस्फाल्ट सामाग्री प्रयोगगरी कालोपत्रे गर्न लागिएको हो ।

पहिले यस्तो प्रबिधिको प्रयोग नगरिएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण साना–ठूला दुर्घटनासमेत यस राजमार्गले व्यवहोर्दै आएको थियो ।

अस्फाल्ट प्रबिधिका सडकहरू उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने सडक बिभागका प्राबिधिक सन्तोष बस्नेतले जानकारी दिनुभयो । सोही राजमार्गको खाडिचौरदेखि बाह्रबिसेसम्म भने बेस सिलिङको काम भइरहेको छ ।

,