चौतारा,असोज २७ ।
सिन्धुपाल्चोकमा जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८४ पुगेको छ ।
मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप २२ जना कोरोना संक्रमितको पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिनुभएको छ ।
मंगलबार चौताराका विभिन्न कार्यालयका कर्मचारीसहित बलेफि गाउँपालिकाका बाह्रबिसे नगरपालिकाका गरी २२ जनाका कोरोना संक्रमण देखिएको हो । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी र लेखापाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही समय अघि जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पत्नीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएकामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी तीन जना नेपाल प्रहरी र १ शसस्त्र प्रहरीमा पनि कोरोना देखिएको छ । यो सँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २ सय ८४ पुगेको छ ।