स्वास्थ्य मादण्ड पुरा गर्न संकट ब्यबस्थापन केन्द्रको अनुरोध

सुशील सुबेदी, चौतारा, असोज ३० । 

कोरोनाबाट संक्रमित संख्या दिनानुदिन बढ्दै गइरहेको अबस्था र नेपालीहरुको महान पर्व दशै तिहार आइरहेको अबस्थामा कोरोनाबाट भयावह स्थिति नआउन दिनका लागी केही नियम बनाएर सिन्धुपाल्चोक जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रले सम्पुर्ण जनमानसलाई नियम पालना गर्न अनुरोध गरेको छ ।

लामो लकडाउन पछि खुकुलो गरिएको यातायात सुचारु तथा खोलिएको पसलहरुले स्वस्थ्य प्रोटोकल नअपनाउँदा सिन्धुपाल्चोकमा पनि दिनानुदिन कोरोना संक्रमित संख्यामा वृद्धि भैरहेको 

अबस्थामा जिल्ला ले केही नियम पालना गर्न सम्पुर्ण निकायलाइ अनुरोध गरेको छ । ब्यबस्थापन केन्द्र ले चाडबाड मनाउँदा पालना गर्नु पर्ने नियमहरु, ब्यापार व्यावसायिले पालना गर्नु पर्ने नियम हरु, बजारमा किनमेल गर्न जाँदा ग्राहकहरुले पालना गर्नु पर्ने नियमहरु, सार्बजनिक यातायात चालक र सहचालकले पालना गर्न पर्ने नियमहरु बनाएको छ भने उच्च जोखिममा पर्ने ब्यक्तिहरुको समुह छुट्याएर भेलामा तथा जमघट कार्यक्रमहरुमा सहभागी नहुन पनि अनुरोध गरेको छ ।

, ,