शुभप्रभात अब आफ्नै भवनमा

चौतारा, कार्तिक ३ ।

जिल्लामा पहिलो पटक बाह्रबिसे बजार स्थित शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नै नयाँ भवनमा सरेको छ ।


 चार हजार भन्दा बढी सदस्य रहेको शुभप्रभात बचत तथा ऋण सहकारीले बाह्रबिसे नगर राम्चेक्षेत्रमा ५३ लाखको जग्गा खरिद गरि भवन निर्माण सुरु गरेको थियो ।

एक करोड ७५ लाखको लगानीमा ठड्याइएको चिटिक्क अत्याधुनिक भवन ्नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित शुभप्रभात बचत तथा ऋण सहकारी परिवारले भवनको गेटमै रिबन काटेर उदघाट्न गरेर भवनको उदघाटन गर्नुभएको हो । जिल्लाभर मध्येकै आर्कषक र नमुना भवन बनाएको शुभप्रभात बचत तथा ऋण सहकारीका संञ्चालक समितिका अध्यक्ष उद्धवबहादुर तिवारीले जानकारी दिनुभएको छ । 

जिल्लाभर कुनै सहकारीले यत्तिको भवन नबनाइसकेको र शुभप्रभातले ठुलो फड्को मारेकोमा नेफस्कुन्का उपाध्यक्ष ढकालले निर्माण सम्पन्न गर्ने संञ्चालक समितिको सम्पूर्ण परिवारलाई धन्यवाद र शुभकामना दिनुभएको थियो । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन निश्चित दुरी कायम गरेर गरिएको भवन उदघाट्न समारोहमा विभिन्न सहकारी विज्ञ, प्रतिनिधिदेखि अनेक व्यक्तित्वको उपस्थिती रहेको शुभप्रभात सहकारीका संञ्चालक समितिका अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

२०६५ साल असार १ गते स्थापना भएको शुभप्रभात सहकारीले ८२ जना सदस्यबाट मासिक दुई हजार स्रोत संकलन गरेर सुरुवात गरेको थियो ।

२०६५ बाट आर्थिक वर्ष ७६र०७७ अन्त्यसम्म आइपुग्दा ४३ करोड पँजी संकलन गरिसकेको शुभप्रभात सहकारीले छुट्टै उचाइ चुमिसकेको थियो । शुभप्रभात सहकारीका प्रबन्धक सुरेन्द्र तिवारीका अनुसार बाह्रबिसे नगर, भोटेकोशी गापा, त्रिपुरासुन्दरी गापा र बलेफी गापा कार्यक्षेत्र रहेको शुभप्रभातले हाल ३१ करोडभन्दा बढी कारोबार गरिरहेको छ ।

शुभप्रभातले कृषि, व्यापार, हायरपर्चेज, पुनर्निर्माणजस्ता क्षेत्रमा आवश्यक कर्जा प्रवाह गरिरहेको छ । शुभप्रभातले साकोसअन्र्तगत विपन्न जेहेन्दार विद्यार्थीलाई अध्ययनमा आर्थिक सहयोग पु¥याउँदै आइरहेको छ । 


, , , ,