जुगल हिमशृंखलाको ग्याल्चेन पीकमा दोश्रो आरोहण सफल

चौतारा, कार्तिक ३ ।

असोज २७ गते काठमाण्डौंबाट जुगल आरोहणका लागि प्रस्थान गरेको टोली निर्धारित योजना बमोजिम नै सोमबार ७ औं दिन कात्तिक गते विहान ६ः०० बजे ग्याल्चेन पिक सफलतापूर्वक आरोहण गरेको छ ।


चुचुरोमा पुगेर बेसक्याम्पमा फर्किएपछि आरोहण दलको नेतृत्व गरेकी शर्मिला लामाले सेटलाइट फोन मार्फत यसको जानकारी दिएको जुगल गाँउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

टोली सुरक्षित रुपमा फर्किरहेको र थप विवरणका लागि सम्पर्क प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।