जुगल हिमालमा दोस्रो आरोहण हुने

चौतारा, असोज २६  । 

सिन्धुपाल्चोक जुगल गाँउपालिकामा रहेको जुगल हिमश्रृङखलामा दोस्रो पटक आरोहण गर्ने तयारीमा भएको छ ।


 जुगल गाउँपालिका मा रहेको २०७५ चैत २६ गते पहिलो पटक सफल आरोहण भएको थियो । सोहि हिमाल दोस्रो पटक आरोहणका लागि आरोहीहरु जुटेका हुन् ।

‘एक हप्तामा जुगल हिमाल आरोहण’ भन्ने मिसनका साथ सगरमाथा आरोही शर्मीला लामाको नेतृत्वमा सात जनाको टोली मंगलबारदेखि जुगलको आरोहण गर्ने तयारीमा रहेको जुगल गाउँपालिकाका उपप्रमुख श्रिजना तामाङले जानकारी दिनुभयो । असोज २८ गते काठामाडौंबाट आरोहण दलका सदस्यहरु जुगल गाउँपालिकाका तेम्बाथामा गएर बस्ने, बुधबार बेसक्याम्पमा पुगेर शुक्रबारदेखि आरोहण सुरु गर्ने गरी तयारी रहेको छ । आरोहण दलमा शर्मीला लामा, पासाङ काजी शेर्पा, पेम्बा तामाङ, आङदोर्जे शेर्पा, आङछिरीङ शेर्पा र सार्की शेर्पा रहेका छन् । 

दोस्रो पटक हुन लागेको जुगल हिमाल आरोहण दलका सदस्यहरुलाई जुगल गाउँपालिकाले समेत केही आर्थिक सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिनुभयो ।

, , ,