सिन्धुपाल्चोकमा कोरोना सँक्रमित १ सय ९१ पुगे

रूपक पुरी, चौतारा, असोज २१ । 

सिन्धुपाल्चोकमा कोरोना सँक्रमितको सँख्या १ सय ९१ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सँक्रमितमध्ये १ सय २१ जना निको भएर घर फर्किएका छन् । 


जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईका अनुसार ६४ कोरोना सँक्रमित उपचार गरिरहेका छन् । सँक्रमितमध्ये २६ सिन्धुपाल्चोकको आईसोलेसनमा र १५ जना क्वारेन्टाईनमा रहेको चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य कोरोना सँक्रमित जिल्ला वाहिरको आईसोलेसनमा रहेका छन् ।

सिन्धुपाल्चोकमा कोरोनाबाट ६ जनाको मृत्यु भईसकेको छ । सिन्धुपाल्चोकमा हालसम्म ४ हजार १ सय ३३ जनाको स्वाब सँकलन र ४ हजार १० जनाको परिक्षण गरिएको छ ।


, , ,