दोलालघाटमा एटिएम सेवा शुरु

एकराज श्रेष्ठ ,दोलालघाट ,असोज २९ । 

भुम्लु गाउँ पालिकाको इतिहास मा पहिलो बितिय कारोवार गर्ने मेसिन एटिएम सेन्चुरी कमर्सियल बैक दोलालघाट शाखाले शुरु गर्ने भएको छ  ।  


दोलालघाट मा २०६९ सालबाट आफ्नो शाखा सेवा सुचारु गरेको यस बैंकको   ११३ वटा शाखा, १०वटा एक्स्टेन्सन काउन्टर, १७ वटा  शाखा रहित  बैंकिङ र ८३ वटा एटिएम नेटवर्क मार्फत देशैभरि सेवा दिदै आएकोमा अब यो सेवा सुविधा दोलालघाट  शाखाबाट पनि हुने दोलालघाट शाखा  प्रवन्धक उमेश राज गिरीले जानकारी दिनुभएको छ । 

 उहाँले दोलालघाट  प्रहरी चौकीलाइ सिसी टिभी हस्तान्त्रण कार्यक्रममा  जानकारी  गराउनु भएको  हो ।  बैंकले बैंकिङ ब्यावसायी कारोवारको साथमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम  पनि गरेको छ जस अन्तर्गत प्रहरी चौकी दोलालघाट लाइ सिसी टिभी क्यामरा प्रदान गरेको छ । 


बुधबार प्रहरी चौकी दोलालघाटमा सिसीटिभी जडान गरि बैंकका प्रवन्धकबाट प्रहरी चौकीका इन्चार्ज बिमल ढुंगेल लाइ १ थान डेक्स्टप र मनिटर  हस्तान्त्रन गरेको थियो। बैंकले बजार क्षत्रको विभिन्न स्थानहरुमा  क्यामारा जडान समेत गरि दिएको र आगामी दिनहरुमा पनि यस्ता समुदाय संग सहकार्य गर्ने कार्यक्रमहरु गरि रहने  कुरा शाखाप्रवन्धक  गिरीले बताउनु भयो । 


बैंकको यश प्रकारको सहकार्यले  प्रहरी चौकीलाइ अझ थप उर्जाका साथ काम गर्न  सहयोग पुग्ने,विभिन्न समयमा हुने  अनैतिक  क्रियाकलाप न्युणिकरण गर्न यो सिसी टिभीले थप सहयोग  पुर्याउने कुराको जानकारी प्रहरी चौकी दोलालघाट का इन्चार्जले बताउनु भयो ।  

, ,