जिल्ला प्रहरी कार्यलयले बिशेष सतर्कता अपनाउने

चौतारा, असोज २० । 

नजिकीदै गएको चाडमा हुन सक्ने सम्भाबीत घटनालाइ मध्यनजर राख्दै सिन्धुपाल्चोकको जिल्ला प्रहरी कार्यलयले बिशेष सतर्कता अपनाउँने भएको छ ।


जिल्ला प्रहरि कार्यलय सिन्धुपाल्चोकले जिल्ला स्थित सञ्चारकर्मिहरुसँग एक अन्तक्रिया कार्यक्रम गर्दै यस्तो जानकारी दिएको छ । मङ्गलबार चौतारामा जिल्लाकोसुरक्षाका सम्बन्धमा जिल्ला प्रहरी कार्यलयको नीति यसले गर्न लागेको काम कार्यहरु र सञ्चार कर्मिहरु बिच परिचायत्मक तथा अन्तरक्रियाको आयोजना गरिएको हो । सो अबसरमा आफ्नो भनाइराख्दै जिल्ला प्रहरी कार्यलयका कार्यलय प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारी ले प्रहरीका काम कार्यमा सञ्चार कर्मिको महत्वपुर्ण सहयोग को आशा राखेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यलयका बारेमा जानकारिगराउदै बिश्वब्यापी रुपमा फैलिएको माहामारीको कारण जोखिममा परिन सक्ने हुँदा यस बर्षको चाड मनाउँदा यश तर्फ ध्यान दिन पर्ने बताउनुभयो ।

उँहाले सिन्धुपाल्चोकमा देखियको अपराध मध्य पचहत्तर प्रतिशत मदिराका कारण हुने गरेकाले यसको नियन्त्रण गर्न आबश्यक रहेको बताउँनु भयो ।।सञ्चाकर्मिको मात्र नभई समाजमा साझेदारि को हिसाबमा लागि सहयोग गर्न सञ्चार कर्मीलाइ आग्रह गर्दै अधिकारील दुर्घटना हुनबाट कसरी वच्न सकिन्छ भन्ने बिषयमा घुम्ति प्रशिक्षण दिने बताउँनुभयो ।

सामान्य कुराहरुका कारण पनि दुर्घटना हुन सक्ने भएकाले यस्तो बिषयमा समेत आबश्यक निरिक्षण गर्ने ब्यबस्था मिलाएका र सबारि चालकले मोवाईल प्रयोग गर्दा दुर्घटनाको जोखिम हुने हुँदा सवारि चलाउदा मोवाइल मा फोन गर्न नपाइने, बिपिरत दिसाबाट आयका गाडिहरुले नियम पालना गरेको छ कि छैन भन्ने बिषयमा निरक्षण गरिने सवारि चालकको पारिबारिक परिचय सहितको परिचय खोलिने कागजात सम्बन्धित सबारि साधनमा राखिने जानकारी दिनु भयो ।


चाडपर्वको मौकाछोपी हुन सक्ने चोरी, लुटपाट, डकैती, तस्करी, कालो बजारी लगायत अन्य आपराधिक घटना घट्न सक्ने सम्भावनालाई मध्य नजर राखी त्यस्ता घटना हुन गर्न नदिन प्रहरीहरुको परिचालन बढाइने भएको छ ।बिजया दशमी, तिहार तथा छठ पर्वमा जुवातास, लंगुरबुर्जा खेल्ने खेलाउने स्थानहरुको पहिचान गरी त्यस्ता स्थानहरुमा सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन कार्यलाई तिब्रता दिई खेल्ने खेलाउने गरिएको पाईएमा नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिने ।

गुण्डागर्दी गर्ने, चाडपर्व र अवसर छोपेर उद्योगपति, व्यापारी, राजमार्ग तथा सहायक मार्गहरुमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा जवरजस्ती चन्दा लिने व्यक्ति तथा समूहहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिने समेत सो अबसरमा बताइएको छ ।

कोभिड–१९ को संक्रमण बढि रहेको हुदा भीडभाड बढि हुने क्षेत्रमा बिशेष प्रहरी डिउटि खटि भीडभाड हुन नदिइएको र सामाजिक दुरी कायम हुने गरी जनमानसमा चेतना फैलाइएको । प्र.चौ. वन्देउ, प्र.चौ. मुडे, प्र.चौ. भोटेचौर र अ.प्र.पो. बाउनेपाटीमा हेल्प डेस्क तथा चेक पोइन्ट राखी सवारी साधनहरुले सरकारद्वारा तोकिएको मापदण्ड पालना गरेर नगरेको अनुगमन गरिने समेत जानकारी गराइएको थियो ।

सो कार्यक्रममा प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी प्रकाश सापकोटाले सिन्धुपाल्चोक जिल्ला भित्र अपराधिक घटना हुन नदीन प्हरी सँधै चनाखो भएर लागी पर्ने बताउँदे यसमा स्थानीय सञ्चार कर्मी तथा स्थानीय नागरिकको सहयोगको आबश्यकता रहेको बताउँनु भयो । नेपाल पत्रकार महासंद्दका अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिना कोषध्यक्ष बिदुर गिरी लगाएत स्थानीय सञ्चार कर्मीहरुको उपस्थितीमा भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन भने प्रहरी निरिक्षक रामचन्द्र धिमिरेले गर्नु भएको थियो ।


,