सम्मानीत आयआर्जन भनेकै पशुपालन तथा कृषी हो---बद्री प्रसाद नेपाल

 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४  साबीक  ठुलोसिरुवारी गाबिस वडा नं ९मा २०२३साल आश्वीन  महीना  १७गतेका दिन  पिता देवरिषी नेपाल र माताँ भिस्म कुमारी नेपालको कोषबाट जन्मनु भएका बर्ष ५४का बद्री प्रसाद  नेपाल उँहा समाजसेवी जनहित दुग्ध उत्पादक सहकारी संस्था डडुवाका अध्यक्ष लगाएत बिभिन्न सरकारी गैर सरकारी संघ सस्थामा आबद्ध रहनु भएको छ । प्रस्तुत छ नेपाल सँग सहकारीको सेरोफेरोमा रहेर गरिएको छोटो कुरा कानी



 १ तपाइ अहीले के काम गर्दै हुनुहुन्छ 

 म अहीले खाश गरि शिक्षक , कृषी ब्यबसाय र समाज सेवी काम गर्दे छु त्यसको अलवा  कृषी पेशामा पनि सग्लग्नता छु ।


र म गाँउको जनहीत दुग्ध उत्पादक सहकारी सस्थाको अध्यक्षको हैसियतले काम गरिरहेको छु । 

 २ यस सस्था कहीले स्थपना भयो र यसले के के काम गरिरहेको छ  

यो सस्था बिधीवत रुपमा २०५१सालमा दर्ता भइ  कृषक खाश गरि पशुपालन ब्यबसायमा लागेकाहरुको हितका निमीक्त काम गरिरहेको छ ।


२०३९साल देखी नै समुहको रुपमा स्थपना भएको भए पनी ५१सालमा बिधीवत दर्ता गरिएको थियो । यस सहकारी सस्ंथाले आबद्ध शेयर सदस्यहरुबाट दुध सङ्कलन गरी दुग्ध बिकास सस्थानलाइ बिक्री गर्दै आइरहेको छ । सदस्यहरुलाइ आबश्यक पर्ने राशायनिक मल, घाँसका बिउ , गाइ भैसिलाइ खुवाउँनका लागी दाना, ढुटो , पिठो आदी सुपथ मुल्यमा ल्याएर शेयर सदस्यहरुलाइ बितरण गरिरहेको र हाल पनि नियमित रुपमा आफ्ना शेयर सदस्यहरुका लागी रासायनिक मल आबश्यकता अनुसारका सामाग्रीहरु उपलब्ध गराउँदै आइरहेका छौ । 

३ सस्थामा हाल कती जना शेयर सदस्यहरु रहेका छन 

शुरुमा २९जना शेयर सदस्य मिलेर खोलिएको यस सस्थामा हाल १५१ जना शेयर सदस्य रहेका छन । 

४ तपाइले गाइ भैसी के पालीरहनु भएको छ कती दुध बेच्नु हुन्छ  


म पहीले गाइ भैसी दुबै पालीरहेको ब्यक्ती हुँ  अहीले चाँही  गाइ को मात्र  दुध बेच्छु किन भने भैसी ब्याउने क्रममा छ हाल बाख्रा पनि पालेको छु । अहिले म  सरदर दैनिक १२ लिटर गाइको  दुध बेच्ने गरेको छु ।   

५ हाल सम्म तपाइले के कस्ता कामहरु गर्नु भयो र तपाइको अहीलेको अबस्था के रहेको छ 

मैले खाश गरि हाल सम्म गरेको काम भनेको शिक्षक पेशा  र पशुपालन पेशा नै हो मेरा पुर्खा देखी नै गर्दै आएको भैसी पाल्ने काम अहलिे पनि निरन्तरता छ ।


गोठमा गाइ भैसी भएन भने मानीसको बसोबास नै हुँदैन जस्तो लाग्छ कुनै बेला दुध थोरै भयो भने डेरी आउँन पनि  के भयो के जस्तो लाग्छ केही  कारण कुनै दिन डेरी आएन भने त्यसै मन बरालीन्छ त्यसैले मलाइ गोठमा गाइ भैसी अनीबार्य चाहीन्छ । र अर्काे कुरा भनेको खेती किसान नै हो खाश गरि भैसी बाख्रा पाल्ने तरकारी उत्पादन गरेर बिक्री गर्ने, आफैले उत्पादन गरेको अन्न तरकारी खान्छु, खाश गरी अहिले सम्म मेरो घरमा पालेका खशी  गाँउको सबै भन्दा बढी मोटो र बढी वजनको ठुलो हुने गरेको छ । नब्याउँने भएर थारो भैसी बेच्न पर्दा पनि अरुको भन्दा बढी मुल्य आउँछ । यसको मतलब केहो भने हामीले पशुपालन गर्दा पशुले के खान्छ , कुन समयमा खान्छ , कसरी दाना पानी दिने यस सम्बन्धमा समय मिलाउँन सकेको खण्डमा राम्रो हुन्छ । आफुले पालेका  पशुहरुको समय समयमा स्वास्थ्य परिक्षण गर्ने आबश्यकता अनुसार औषधी भिटामिनहरु खुवाउँने गरेर स्याहार सुसारमा ध्यान दियो भने राम्रो सँग पशुपालनबाट पनि आम्दानी हुने गर्दछ । त्यसै ले म यस प्रती लगन सिल रहेको छु 

६ त्यसो भए याँहा पशुपालनमा उत्कृष्ट हुनुहुदो रहेछ कतैबाट सम्मान पुरस्कृत हुनु  भएको छ की छैन । 

हो मलाइ यस पशुपालन ब्यबसायमा अनुभबी ब्यक्तीका रुपमा पनि लिने गरेका छन । मलाइ पशुपालनमा उत्कृष्ट  ठानेर होला जिल्ला पशु कार्यलय, भेटनरी , कब्लीयती बन समुह,जिल्ला बन कार्यलय, स्थानिय नेत्रज्योती कृषीसहकारी सस्था, कृषी सँग काम गरिरहेको सिप्रेट सस्थाहरु लगाएतले सम्मान तथा पुरस्कृत गरेका छन । कृषी बिकास बैङ्क चौताराले पुरस्कार स्वरुप सहुलियत ब्याजदरमा कर्जा समेत दिएको छ यस मानेमा मैले गरेको मेहनत र पसिनाले पैसा मात्र होइन समाजमा इज्जत र सम्मान समेत कमाएको  हँुदा मलाइ  गर्व लागेको छ 


७सस्थाले सदस्य सँग सङ्कलन गरेको दुध कसरी कँहा लगेर दिने गरेको छ ।

 खाश गरि शुरु शुरुमा सदस्यहरु सँग दुध सङ्कलन गरेर भरिया मार्फत बलेफी लगेर समेत दुग्ध बिकास सस्ंथाको चिस्यान केन्द्रलाइ दुध दिने गरियो त्यस पछी हामीले काभ्रे पलान्चोक जिल्लाको पाँचाखाल स्थित तामाघाटचिस्यान केन्द्रमा लगेर दिने गरेका थियौ हाल साँगाचोकमा नै चिस्यान केन्द्र खुलेको हुँदा त्यँही नै  हामीले दुध दिने गरेका छौ ।  

८ सस्थाले कृषकलाइ  दुधको रकम कसरी भुक्तानी गर्ने गरेको छ ।

दुग्ध बिकास सस्थानले हामीलाइ भुक्तानी दिए पछी हामीले पनि सदस्यहरुलाइ भुक्तानी दिने गरेका छौ । हरेक १५ १५ दिनमा सस्थालाइ दुधको भुक्तानी आउँने गरेकोमा हामीले पनि किसानलाइ सोही अनुसार दिने गरेका थियौ यो पटक ४५ दिन पछी मात्र भुत्तानी दिएकाले सस्थाले पनि कृषकलाइ ४५ दिन पछी मात्र भुक्तानी  दिन पर्दा पशुपालक कृषकलाइ समस्या परेको छ । यस बर्ष सस्थानले कृषकलाइ समस्यामा पारेको  छ हामीले सस्थालाइ समयमा  दुधको पैसा भुक्तानी  दिनका लागी  अनुरोध गरेका छौ सस्थानबाट आएको रकमका आधारमा दिने गरिएको छ खाश गरि प्रतिलिटर प्रती फ्याट रु १०का दरले दिने गरिएको छ । १०फ्याट आए प्रतिलिटर १०० पाउछन ५आए ५० यही हिसाबले भुक्तानी दिइरहेका छौ सोही अनुसार कृषकले भुक्तानी पाउँछन सरदर लिटरको ८० देखी नब्बे सम्म का हिसाबले भुक्तानी दिइरहेका छौ । 

 ९ बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण  कस्तो   असर परेको छ । 

महामारीले अशर नगर्ने भन्ने कुरा त छदै छेैन यो महामारीले केही दिन दुध सङ्कलन नै बन्द भयो । कृष्कलाइ अन्योैलता भयो कसरी आफ्नो पेशा सुरक्ष्ति राख्ने भन्ने भयो समाजमा हेर्ने दृष्टीकोण नै परिबर्तन गरिदियो यो महामारीले तर पनी हामीले सरकारको निर्देशनलाइ पालना गरेर स्वास्थ्य मापदण्ड मा रहेरे दुइ हप्ता बन्दा भएको दुधलाइ बिस्तारै सङ्कलन गरेर सम्बन्धीत स्थानमा लाने काम गरेका थियौ अहिले बिस्तारै सहज हुँदै आएको छ । 

१०  कृषकहरुले  अनुदान पाएका छन कि छैनन नगरपालीकाले त हरेक कृषकलाइ प्रतिलिटर रु ३ अनुदान दिने भनेको छ नी 


अहिले सम्म अनुदान  पाएका छैनन  चौतारा साँगाचोकगढी नगरपालीकाले दिने भनेको अनुदान पनी अहीले सम्म पाएको छैन । सरकारले दिने अनुदान का कुरा गर्ने हो भने सहकारी मार्फत पाएका छैनन  । नगरपालीकाबाट भने आउँछ भनीएको छ केही समय पछी आउला भन्ने आशामा हामी रहेका छौ आए पछी तत्काल कृषकहरुको हातमा उक्त अनुदानबाट प्राप्त रकम दिने छौ । अहीले सम्म कतैबाट पनी आएको छैन ।   

११ अन्तमा याँहाको भनाइ केही छ की 

 अन्तमा हाम्रो यस सहकारीको कार्यलाइ  तपाइको पत्रिकाले स्थान दिएकोमा तपाइ लगाएत लोकप्रिय नेत्रज्योती परिबारलाइ हार्दीक धन्यबाद दिन चाहान्छु , खाश गरि मेरो भन्नु त केही पनि छैन तै पनि सबै नागरिकले उत्पादनमुलक काम मा लाग्न पर्छ सबैले आआफ्नो गच्छेअनुसार सानो ठुलो काम गरि रहन पर्छ त्यसो हुँदा बिहान बेलुका काम पनी हुने आम्दानी पनि हुने भएकाले गाइ भैसी पालन गर्न सबैमा अनुरोध गर्दछु । यसका साथै समाजमा सबै मिलेर  सामाजिक स्तर उन्नती ब्यक्तीको सम्मानीत ढङ्गबाट हुने आयआर्जन भनेकै पशुपालन तथा कृषी भएकाले यसलाइ निरन्तरता दिन सबै साँग अनुरोध समेत  तपाइ मार्फत अनुरोध गर्दछु । 


, , , , , , ,