ओरेक नेपालको अपिल

ओरेक नेपालले “मौनतातोडौं”–बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानकोअपिलनिकालेको छ ।ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज  न्यौपानेले शुक्रबार जारी गर्नु भएको अपिलमा यस्तो जनाइएको हो  



दैनिक७ वटा बलात्कार, बलात्कारपछि हत्या, बन्दावन्दीको समयमालैङ्गिकहिंसाका कारणले ४७महिलाको हत्या भएका घटनाले महिलातथाबालिकामाथिहुने हिंसाको कहालीलाग्दो अवस्थाहाम्रो समाजमा रहेको देखाएको छ । नेपालप्रहरीको पछिल्लो ६ महिना (चैत २०७६ देखि भदौ २०७७) को तथ्यांकले समेत बलात्कारको संख्या १२२१ भएको देखाउँछ । पछिल्लो तथ्याँकबन्दाबन्दीको समयमान्यायिकनिकाय र सेवाप्रदायक संस्थाहरुमापहुँचहुननसकेको वेलामा समेत केहीबालबालिका र महिलाहरुले प्रहरीमाउजुरी गराएको तथ्याँकहो । धेरै घटनाहरु समाज र सञ्चारमाध्यममार्फत सार्वजनिकभएको तर उजुरी प्रक्रियामानगएको वाजाननदिइएको पछिल्लो समयमा सार्वजनिक सञ्चारमाध्यमकाप्रतिवेदनहरुले जनाउँछन् ।



साथै ओरेकमा २०७७ बैसाखदेखि भदौसम्म अभिलेखिकरण भएका ३१९ बलात्कारका घटनामध्ये ७५ प्रतिशतप्रभावित २ वर्षदेखि १८ वर्षमुनिकाबालिकाहरु छन् । बलात्कारका घटनामध्ये झण्डै ९० प्रतिशत घटना परिचित व्यक्तिबाट घर, छिमेक तथाआफ्नै समुदायमाभएका छन् । महिलातथाकिशोरीकालागि घर तथा समुदायदुवै सुरक्षितनभएको ओरेक तथा पछिल्लो वर्षमा राज्यकै निकायले दिएको तथ्यांक साथै महिला र बालिकाको अनुभवले बताउँछ ।


बालिकाहरु सम्झनाविक, संगीता मण्डल, कञ्चनपञ्जियार, आकृति राई, निर्मलापन्तलगायतपुर्णिमा मोक्तान, सर्मिलादनुवार जस्ता धेरै महिला रबालिकाहरुले बलात्कारपछाडी अल्पायूमाआफ्नो ज्यानगुमाउनु प¥यो । जघन्य अपराधको यस्तो मुद्दामा समेत देखिने मौनताको संस्कृती, पीडकलाई नै पक्षपोषण गर्ने प्रवृत्ति र सहयोगी समुहले समेत दबाब र प्रभावमा परेर प्रभावितलाई थप पीडित बनाउने प्रवृतिले् बलात्कार जस्तो जघन्य अपराधले अझ प्रश्रय पाइराखेको अवस्था छ । 



हजारौं महिलातथाकिशोरीहरुबलात्कृत हुने तथ्यांक राज्यबाटै सार्वजनिकहुँदा समेत राज्यको जिम्मेवार निकायतथाउच्चपदस्थव्यक्तिले समेत बलात्कारलाई संवेदनशील मुद्दाको रुपमानहेर्ने उनीहरुले सार्वजनिक गरेको अभिव्यक्तिप्रतिहाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।  । हामीकहाँविद्यमानप्रभावितलाई नै सम्पूर्ण घटनाकोलागिभागिदार बनाउने सामाजिक संरचना र सोचका कारणले महिलामाथिहुने हिंसा बलात्कार र त्यस पछिको हत्या जस्तो अपराधले प्रोत्साहनपाएको  छ । बलात्कृत महिला र किशोरीले  घटना पश्चातभोग्ने शारीरिक, मानसिक, सामाजिकतथा घरेलु हिंसा र विभेदको विश्लेषण गर्न राज्यअझै चुकेको देखिन्छ । 


सरकारबाट कानुनमा परिवर्तन, दु्रतन्याय प्रणाली,हदम्याद बढाउने निर्णय, महिला हिंसा विरुद्धको वर्ष मनाउने निर्णय लगायत पछिल्ला समयमाचालेका केहीकदमहरु सकारात्मक छन् । तर पनिकिनबलात्कारका घटना हाम्रो समाजमादिनदिनै बढिरहेका छन् ?किन पीडित÷प्रभावितले न्यायप्राप्त गर्ने सहजवातावरण छैन ?यस सवालमा सरकार तथा सम्बन्धितनिकायको तत्कालध्यानजान जरुरी छ । व्यक्ति, परिवार, समाज र नीतिगततथा राष्ट्रिय राजनीतिमा नै महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण र महिलाको शरीर र यौनिकतामाथिको नियान्तत्रणले यस्ता हिंसाका घटनालाई प्रश्रय दिइरहेको छ  । यस्ता घटनाहरुमा हुने समाजको मौनताले महिलाको शरीर जसरी पनिप्रयोग गर्न सकिन्छ भन्ने सोचलाई अझबलियो बनाउँदै विभेदकारी सामाजिक संरचनागत प्रणालीलाई निरन्तरता गरेको छ ।


त्यसैले निम्नअवस्थामा परिवर्तन नहुँदासम्मबलात्कार तथामहिला र बालिकामाथिहुने कुनै प्रकारको विभेदको अन्त्यहुनसक्दैन । 


१. लिङ्ग,उमेर, जात, वर्गका कारण परिवार र समाजमा रहेको असमानशक्तिसम्बन्धमा परिवर्तन नहुँदासम्मशक्तिको आडमा गर्ने शोषण, दमन, हिंसा रहिरहने भएकोले सबैखाले विभेदको अन्त्य गरी शक्तिसम्बन्धमा रुपान्तरण गर्न जोड दिइयोस् । 


२. अपराधको ढाकछोप, अपराधीको संरक्षण गर्ने परिपाटीले अपराधीको मनोवलउच्च रहने तथाप्रभावितले सँधै पीडित हुनुपर्ने अवस्थाको को अन्त्यगर्दै कानुनको पूर्णरुपमाकार्यान्वयन गरी दण्डहीनताको अन्त्य गरियोस् । 


३. प्रभावितले मुद्दा दर्ता गर्न तथान्यायप्राप्त गर्नका लागि समेत व्यहोर्नुपर्ने झण्झटिलो न्याय प्रणालीलेगर्दा न्यायप्राप्त गर्नबाट वञ्चितहुनु परेको छ । तसर्थ  बलात्कार जस्तो जघन्य अपराध र लैंगिक हिंसाका घटनाहरुलाई  उच्चप्राथमिकतामा राख्दै द्रुतन्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गरियोस् ।


४. विद्यमानकानुनको व्याख्याले पीडकलाई कारवाहीको रुपमामात्रसिमित गरेकोले प्रभावितले आत्मसम्मानका साथबाँच्नपाउने अधिकारको सुनिश्चितता सहितको न्यायको अनुभूती गर्ने वातावरण निर्माणका लागिन्यायलाई सामाजिकन्यायको अवधारणाको आधारमा व्याख्या गरियोस्  ।


५. महिलाको शरीरलाई परिवार तथा समाजको इज्जतको सवालको  रुपमामात्रै हेर्ने हानिकारक सोचले महिलामाथिहुने सबै प्रकारका हिंसामा सामाजिक मौनताको संस्कृतिलाई निरन्तरतादिएको छ । यसकालागिविभेदित सामाजिक संरचनागत रुपान्तरण गरी हिंसा विरुद्ध विरुद्धशुन्य सहनशीलता सुनिश्चित गरियोस् । 


६. बलात्कार जस्तो जघन्य अपराधका घटनालाई इज्जत र प्रतिष्ठाको विषयवनाई मेलमिलाप गराउने पीडित÷प्रभावित लाई लाञ्छना लगाउने, डर, धाक, धम्कीदिने, बसोवास गरिरहेको स्थान छोड्न बाध्यवनाउने, कतिपय घटनामा उजुरी लिनआनाकानी गर्ने, पीडित र परिवारलाई राजनीतिकदबावदिने, पीडक लाई संरक्षण गर्ने जस्ता कार्यहरुलाई  अपराधीकरण गरी प्रभावितको लागि सुरक्षित, संवेदनशील, दीर्घकालिन र पहुँचयुक्त सहयोगी संयन्त्रको विकास गरियोस् । 


यो सन्दर्भमा बलात्कार तथा लैङ्गिक हिंसाकाबारेमा जनचेतना, ंिहसानुहने वातावरण, प्रभावितको सामाजिकन्यायतथाकानुनीन्यायको अधिकार सुनिश्चितताकाको वातावरण निर्माणका लागिओरेकको संयोजनमाविभिन्न संघसंस्थाको सहकार्यमा “मौनतातोडौं”–बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान सञ्चालनहुनेछ । अभियानअन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका दिनदेखि सुरु भएर मानवअधिकार दिवस १० डिसेम्बरसम्म सञ्चालनहुनेछ । अभियानको अवधीमाधर्ना, राजनैतिक दल तथा सरकारी निकायलाई ध्यानाकर्षण, समुदायस्तरमा सचेतीकरण कार्यक्रम, परामर्श गोष्ठि तथाबहसहरु सञ्चालनहुनेछन्।


आजदेखि सुरुवातभएको अभियानको पहिलो दिनललितपुर, रुकुम, कैलाली, दाङ, मोरङ्ग, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बर्दिया र सिन्धुलीबाट विश्व अहिंसा दिवसको दिन ११ बजे प्लेकार्ड सहितउपस्थितभएर मानवअधिकारकर्मीहरुले बलात्कार तथा लैङ्गिक हिंसाको अन्त्यतथा यसबाट प्रभावितकालागिआत्मसम्मान सहितको न्यायको माग गरेका छन् ।



लुभराजन्यौपाने

कार्यकारी निर्देशक

ओरेक

मितिः १६ असोज २०७७ (२ अक्टोबर २०२०) 

, , , , , , , , , ,