चौतारा, असोज २६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला एकताले गोपाल श्रेष्ठको नेतृत्वमा जिल्ला समिति निर्माण गरको छ ।
सोमबार भएको जिल्ला एकता समायोजन कार्यक्रमले अध्यक्ष श्रेष्ठ सहित दिपकराज खरेल सह–अध्यक्ष रहनुभएको छ । यस्तै समितिको उपाध्यक्षमा टीकालक्ष्मी श्रेष्ठ, हिराप्रसाद नेपाल र होमप्रसाद भट्टराई रहनुभएको छ । त्यस्तै गरि सचिवमा नातिकाजी सापकोटा, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा कृष्णबहादुर गिरी र सहकोषाध्यक्षमा दुर्गा नेपाल सर्बसम्मतले चयन गरेको छ । पार्टीको जिल्ला प्रवक्तामा भने हरि नेपाललाई चयन गरिएको सहसचिव दिपक थापाले जानकारी दिनुभएको छ ।
पुर्व साँसद तथा केन्द्रीय सदस्य चलनबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अन्य केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व सभासद तामाङले पार्टीलाई शक्तिमा पुर्याउनुपर्नेमा सबै लाग्नुपर्ने मा जोड दिनुभयो ।
कोठे बैठककै कारण कुनै पनि संघरसंगठनमा आफु ईतरमा ब्यक्ति हावी हुने गरेको नेताहरुको गुनासो रहेको थियो ।
नयाँ समिति गठन सँगै राप्रपाले क्षेत्रीय तथा वडा कमिटी छिट्टै गठन गर्दैछ । पार्टी एकता समायोजन कार्यक्रममा नेताहरूले पार्टी एकिकरणलाई जोड दिने बताउनुभएको थियो ।
पार्टीमा हुने गरेको कोठे बैठकको अन्त्य हुनुपर्नेमा नेताहरूले जोड दिनुभएको थियो । नयाँ कार्यसमितिका सहसचिब थापाले पछिल्लो समयमा निर्माण व्यवसायी संघमा पार्टीबाट हुनुपर्ने मनोनित सदस्यमा व्यक्तिहावी भएकोमा आक्रोस व्यक्त गर्नुभयो ।