“जय जय पाथिभरा माता सार्बजनिक


 निर्देशक भुवन श्रेष्ठको मुस्कानको  “जय जय पाथिभरा माता” म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समयमा निर्देशकको रुपमा काम गर्दै आउँनु भएका भुवन श्रेष्ठको “जय जय पाथिभरा माता” म्युजिक भिडियो  हालै बजारमा सार्बजनिक भएको हो  । 


ताप्लेजुंग जिल्लाको १२ हजार फिट उचाइमा रहेको हिन्दु एवं बौद्धहरूको महत्वपूर्ण र  आस्थाको रुपमा रहेको  धार्मिक स्थल पाथीभरा मन्दिरको पहिचान  दिने  गरि म्युजिक भिडीयो सार्बजैनिक भएको   र यस भिडीयोले पाथीभारको अझ बढी महत्व बढ्दै गएको स्थानीयहरुको भनाइ रहेको छ । आम नागरिकको विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभरा माताको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङ्गबाट १९. ४ किलोमीटर पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित रहेकोछ । त्यहाँ फुङ्गलिङ्ग बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ ।अन्नभरेको पाथीझैं सुन्दर, वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बु समुदायहरू पाथीभरालाई “मुक्कुम्लुङ ” भनेर पनि चिन्दछन् ।लिम्बूभाषामा “मुक्कु” को अर्थ शक्ति वा बल, “म्लुङ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन । यसै पाथिभरा मन्दिर र भक्तजनहरूकोआस्थामा केन्दित गरेर एक भजन बजारमा आएको छ । भजनमा मन्जना श्रेष्ठको स्वर र संगीत डी.बि लामाको रहेको छ भने भुवन श्रेष्ठ मुस्कान ले शब्द लेख्नु भएको  ।भिडियोलाई निर्देशन भुवन श्रेष्ठ मुस्कानले गर्नु भएको हो भने छायांकन जनकराज अधिकारी, हर्कराज गुरुङ्ग र सुरज ओझाले गर्नु भएको थियो   साथै सम्पादन संगीत बानियाको रहेको छ ।  


, , , ,