सिन्धुपाल्चोकले बुझायो सभामुख र गृहमन्त्री लाइ प्रतिबेदन


बाढीपहिरोबाट आक्रान्त सिन्धुपाल्चोकको जोखिम बस्तीको पहिचान, स्थानान्तर तथा आवास व्यवस्थापन सम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन शुक्रबार  गृहमन्त्री रामबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।  


प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन र समन्वय समितिको संयक्त प्रयासमा गठन भएको कार्यदलले स्थानीय तहले दिएको सूचना र सुझावका आधारमा प्रारम्भिक प्रतिवेदन तयार गरिएको प्रतिबेदन हस्तानन्तरण गरिएको हो । प्रतिवेदनमा उल्लेख गरिएका अनुसार जिल्लाका तीन सय ५१ बस्ती जोखिममा छन् । ति मध्ये ६ हजार ५ सय ३१ घरधुरी स्थानान्तर गर्नुपर्ने देखिन्छ । प्रतिवेदनमा जोखिम मध्ये पनि कम्तिमा १८ बस्ती अति संवेदनशील रहेको उल्लेख छ ।

उक्त प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई सदरमुकाम चौतारामा बिहस्बार  नै हस्तान्तरण गरिसकिएको थियो  । गत असार २२ गतेदेखि भदौं २२ गतेसम्म जिल्लामा बाढीपहिरोबाट ७७ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता छन् ।क्षतिका आधारमा सिन्धुपाल्चोक र बागलङलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सुक्षित स्थान, आयआर्जन,जग्गा सट्टापट्टाको कानुनी व्यवस्था, साविक बस्तीको झल्को दिने संरचनाको निर्माण, र त्यस्ता स्थानमा पूर्वाधारको विकास तथा सामाजिक तथा धर्मिक सहिष्ण्ुाता कायम गर्दै बस्ती हस्तान्तरणको योजना निर्माण जस्ता विषयमा सरकारी प्रयासको खाँचो रहेको प्रतिवेदनमा उल्लेख छ । 

बिहीबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरीक्षक राजन अधिकारी, ले सभामुख सापकोटलाई कोभिड–१९ को प्रभाव र व्यवस्थापन एवं बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट भएको मानवीय तथा भौतिक क्षतिका सम्बन्धमा जानकारी गराउँनु भएको थियो । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार जिल्लमा भाूकम्पछि भएको पुननिर्माण तथा गौराती नजिकै पात्लेपानीमा निर्माणको चरणमा रहेको भूकम्प स्मारक पार्कको सम्बन्धमा जानकारी गराइएको थियो ।


, , , ,