करौडौंको लगानिमा सिन्धुपाल्चोकका पुरातात्विक गुम्बाहरु पुनर्निर्माण हुने

चौतारा, असोज २८ । 

२०७२ सालको महाभूकम्पले ध्वस्त बनाएका सिन्धुपाल्चोक जिल्लाका गुम्बाहरु पुनःनिर्माण हुने भएका छन् । 

पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका पुरातात्त्विक महत्वका ५ वटा ऐतिहासिक गुम्बाहरु निर्माण कार्यका कार्यको सुरुवात भएको छ ।


सुरुआत चरणमा असोज २८ गते टेण्डर सुचना प्रकाशित भएको छ । निर्माणका लागी टेण्डर सुचना प्रकाशित भएका गुम्बाहरुमा १. चिरी घ्याङ गुम्बा, २. तार्केघ्याङ गुम्बा, ३. सुलीकोटघ्याङ गुम्बा मेलम्ची, ४. सेर्माथाङ घ्याङ गुम्बा र ५. मेलम्ची घ्याङ गुम्बा, रहेकाछन । भारतको कर्णाटक राज्य सरकारले भारत सरकार मार्फत भारतीय दुतावासको सहयोगमा नेपालका साँस्कृतिक तथा पुरातात्त्विक महत्वका संरचनाहरुको पुनःनिर्माण गर्ने कार्य अन्तरगत करोडौंको लगानीमा यो कार्य सुरु हुन लागेको हो ।

। भूकम्प पश्चात सिन्धुपाल्चोकका पुरातात्त्विक महत्वका गुम्बाहरुको पुनःनिर्माणको लागी बिगत ५ वर्षदेखी अहोरात्र खट्नु हुने पुर्ब कानुन मन्त्री एबम सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का संघीय सांसद शेर बहादुर तामाङ, पुर्ब अर्थ राज्यमन्त्री एबम संबिधान सभासद डा.ल्हार्क्याल लामा, वगमती प्रदेश सांसद निमा लामाको विशेष भुमिका रहेको थियो ।

“आफुहरुको बिगत लामो समय देखिको मेहनतको फल स्वरुप सिन्धुपाल्चोकका ऐतिहासिक एबम पुरातात्त्विक महत्वका धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफुलाई अत्यन्त खुशि लागेको छ’ भन्दै पुर्ब मन्त्री समेत रहेका सांसद तामाङले खुशि ब्यक्त गरेका छ्न ।

त्यसै गरि पुर्ब अर्थ राज्यमन्त्री एबम ह्योल्मो समुदायको प्रथम खेन्पो बौद्धमार्गिहरुका धर्मगुरु समेत रहेका डा.ल्हारक्याल लामाले अत्यन्त ठुलो स्केलमा आर्थिक सहयोग गर्ने भारत सरकारप्रति हार्दिक आभार प्रकट गरेका छन । सिन्धुपाल्चोकका उत्तरीभेगमा अवस्थित ऐतिहासिक गुम्बाहरुको पुनःनिर्माण हुने खबरले आफुहरु अत्यन्त हर्षित भएको मेलम्ची घ्याङ निवासी सेरप लामा र सुलिकोट घ्याङ निवासी ग्युर्मे लामा बताउँछन ।

ऐतिहासिक गुम्बाहरु पुनर्निर्माण गर्नका लागि पुनर्निर्माण प्राधिकरणका प्रमुख शुशिल ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, निरन्तर अगुवाई गर्नुहुने पुननिर्माणका सहसचिव श्याम सिंह, डिजाईनको अगुवाई गर्नुहुने केन्द्रीय कार्यान्वन ईकाई(भवन)का सि.डि.ई. कोषनाथ अधिकारी, पुरातत्त्व बिभागबाट निरन्तर पुरातात्विक हिसाबले नेतृत्व गर्नुहुने गोपाल भट्टराई र जिल्ला कार्यान्वयन ईकाई (भवन)का प्रमुख ई.सन्तोष निरौलाको महत्वपूर्ण भुमिका रहेको छ ।

त्यसै गरि गुम्बाको स्ट्रक्चरल डिजाईनमा ई. गम्भीललाल श्रेष्ठ र वहाँको न्ी भ्लनष्लभभचष्लन , गुम्बाको मुर्ती, थाङ्का लगायत आन्तरिक डिजाईन गर्न सघाउनुहुने लामा छिरिङ लामा (चिरी), लामा सार्की (सेर्माथाङ) लगायतको महत्वपूर्ण भुमिका रहेको थियो ।

तामाङका अनुसार अबको केहि समय पस्चात थप दुईवटा नवलपुर गुम्बा र लिस्ति गुम्बाको टेन्डर प्रकृया सुरु हुनेछ । अन्य केही गुम्बाको पुनःनिर्माण कार्य पनि यसै आर्थिक वर्षमा सुरु हुने साँसद तामाङले बताउनु भयो ।


, , , ,