बार अधिवेशसन भोलि ः नेतृत्वका लागि रस्साकस्सी

चौतारा, असोज २३ । 

कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसियशन जिल्ला बार इकाईको शनिबार चौतारामा हुने ३० औ साधारण सभा तथा १६ औं अधिवेशसनको तयारी पुरा भएको छ ।

 यस पटकको अधिवेशन कोभिड १९ को विश्व ब्यापी महामारीका कारण संक्षिप्त रुपमा आयोजना हुने बारले जनाएको छ । 

अधिवेशन आयोजनाको निर्णय संगै अधिवेशनको सरगर्मी भने सुरु भैसकेको थियो । सदस्य संख्या थोरै भएपनि बारमा नेतृत्वका लागि दावी गर्ने क्रम बढ्दो छ । अध्यक्ष भेषराम ढकालले दोहोरिने मनसायन देखाएपछि अध्यक्षमा अधिवक्ता भुपेन्द्र थिङ र अधिवक्ता चन्द्र कुमार बस्नेतले दावी गर्नुभएको छ ।

दुबै प्रत्यासी आआफ्नो समुह बनाएरै प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । अध्यक्षका प्रत्यासी दुबैले बहुमत सदस्यको आफुलाई समर्थन रहेको दावी गरेका छन् । स्रोतका अनुसार दुबै प्रत्यासी आफुलाई सहयोग गर्न आग्रह गर्दै सदस्यहरुलाई फोन, भेटघाट तीब्र बनाईरहेका छन् ।

उता पहिल्यै अध्यक्ष भईसकेका केही पूर्व अध्यक्ष भने नयाँ बीच विवाद बनाएर आफु पुनः सर्वसम्मत अध्यक्ष बन्ने मनस्थितिमा रहेको उक्त स्रोतको भनाई रहेको छ । 

अध्यक्ष संगै सचिव पदमा पनि २ जनाले दावी गरेका छन् । सचिवमा भने अधिवक्ता शशिनाथ आचार्य र अभिवक्ता दीपक प्रधानले दावी गरेका छन् । कोषाध्यक्षमा भने अधिवक्ता सुनिता तामाङ नै निर्विरोध हुने देखिएको छ । हालसम्म उपाध्यक्ष पदमा कसैले दावी गरेका छैनन् । अध्यक्ष बाहेकका अन्य पदमा खासै समस्या नरहेको र सबैलाई समेटेर सर्वसम्मत नेतृत्व चयनको तयारी भैरहेकको अध्यक्ष ढकालले बताउनुभयो । हामी जिल्ला बार इकाई थोरै संख्यामा छौं, त्यसैले मतविभाजन गरेर विवाद बढाउँने पक्षमा छैनौं । ढकालले भन्नुभयो, “अहिले दावी गरिरहेका साथीहरुलाई आपसमा बसेर छलफल गर्नुस्, तपाईहरु नै समाधान दिनुस् भनिएको छ । यदि उहाँहरुले निकास नदिए आफु सहजिकरण गरेर निकास दिने काममा लाग्ने उहाँको भनाई रहेको छ । बारले लिने निर्णय र निर्वाचित गर्ने नेतृत्वलाई आम मानिसहरुले चासोका साथ हेरेका छन् । अधिवेसनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बैधानिक व्यवस्था छ । बारको विधान अनुसार वर्तमान कार्यसमितिको पदावधी गत असोज १४ गते नै समाप्त भैसकेको छ ।  जिल्ला बारमा सदस्य संख्या थोरै भएपनि यसले लिने निर्णयले अदालतको कामकार्वाहीलाई प्रभावित पार्ने हुँदा सबैले चासो राख्ने गरेको पाइन्छ ।

बार इकाईको यस अधिवेशसनमा इकाई बाहिरका पाहुना कसैलाई पनि आमन्त्रण नगरी आफ्ना सदस्यहरु बीच मात्रै अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको इकाईका अध्यक्ष भेषराम ढकालले बताउानुभयो ।

महामारीको समयमा पाहुना बोलाएर संक्रमणको जोखिम नबढाउँने निर्णय भयो सोहि कारणले विधीको वकालत गर्ने कानुन व्यवसायीहरुकै संंस्थालाई अवैधानिक ढंगले विधी विपरीत नबनाएर अधिबेशन गर्नैपर्ने बाध्यताका कारण गर्न लागेका हौं अध्यक्ष ढकालले बताउनुभयो । अधिवेशनको उद्घाटन भने इकाईका जेष्ठ सदस्य मकर बहादुर उदासले गर्न कार्यक्रम तय भएको छ । 

अधिवेशनमा प्रस्तुुत गरिने सांगठनिक तथा आर्थिक प्रतिवेदन इकाईको बर्तमान कार्य समितिबाट पारित भैसकेको सचिव भुपेन्द्र थिङले बताउनुभयो । जिल्ला बार इकाईमा सचिव थिङका अनुसार हाल इकाईमा जम्मा १६ जना सदस्य रहेका छन् । अधिवेशन इकाईको कार्यालयमै आयोजना गरिने भएको छ । 

, ,