जुगलमा दुई सन्तानकी आमामाथि सामुहिक बलात्कार

चौतारा, असोज २० । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका तेम्बाथानकी ३२ वर्षीया महिला माथि सामुहिक बलात्कार भएको छ । असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेको हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जुगलको मञ्जेमा १५ गते राति बोलेरोभित्रै चार जना पुरुषले महिलामाथि सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । प्रहरीका अनुसार चारैजनाले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए ।

घटनामा संलग्न ४ जनामध्ये दुई जनाको पहिचान खुलेको डीएसपी सापकोटाले जानकारी दिए । घटनामा संलग्न चारैजना फरार छन् । प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ । मानसिक रुपमा निकै विक्षिप्त भएको डीएसपी सापकोटाले बताउनुभयो । अहिले उनी प्रहरीको संरक्षणमा छिन् । पीडित महिलाको एक छोरा र एक छोरी छन् । पीडितका आफन्तका अनुसार बलात्कार आरोपी सापकोटाका बुबाले १० लाखमा घटना मिलाउने भन्दै पीडितका श्रीमानलाई दबाब दिएको खुल्न आएको छ ।

पीडितका आफन्त स्थानीय तेन्जिङ शेर्पाका अनुसार जुगल तेम्बाथानबाट १५ गते ती महिला परिवार नियोजनको सुई लगाउन जलविरे आएकी थिइन् । जलविरेबाट घर फर्कदाँ उनले कातिकेमा खाजा खाइन् । साँझ परिसकेकाले कातिकेमै बास पाइन्छ कि भनेर बुझ्दा त्यता उनले बास पाइनन् । कोरोना संक्रमणको त्रासका कारण भन्दै कातिकेमा बास नपाएपछि उनी मञ्जेमा बास बस्ने भन्दै त्यतै लागिन् ।

दुई सन्तानकी आमा समेत रहेकी ती महिला कुचुती भन्ने ठाउँमा पुगेपछि मोटरसाइकलमा आएका दुई जनाले उनलाई जबरजस्ती मोटरसाइकलमा राखे । त्यतिबेला साँझको साढे सात जति भएको थियो । पछाडिको मानिसले मुख थुनेको हुनाले उनी केही बोल्नै सकिनन् । एकैछिनमा उनी बेहोस भइन् । जब उनी होसमा आइन् रातको ११ जति बजेको थियो । र उनी एउटा बोलेरोभित्र नागैं पाइन् । उनका अगाडि आफनै गाउँका चिनेका दुई जना पुरुष थिए । उनी रोइन कराइन् । मध्यरात भएकाले कोहीले उनको चित्कार सुनेनन् । बलात्कारमा संलग्नहरुले मुख थुन्दै यो कुरा कही नभन्ने र भनेमा मारेर खोलामा हालिदिने धम्की दिए । उनी हतार हतार लुगा लगाएर घरतर्फ लागिन् । ती बलात्कारीहरुले नै उनले गाउँमा केही भन्लिन भन्दै ललाइ फकाइ गरेर केही माथिसम्म पुर्याएका समेत थिए । उनले चिनेका दुई पुरुष गोञ्जे गाउँका र गोन्डेगाउँका थिए ।

,