वडाअध्यक्ष श्रेष्ठ डिस्चार्ज, न्यायीक कार्बाहीको माग

लोकप्रिय समाचार,काठमाण्डौ, असोज १५ । 

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा १४का अध्यक्ष डिस्चार्ज हुनु भएको छ । काठमाण्डौ स्थित एभरेष्ट अस्पतालमा ८ दिन सम्म उपचार गरी बुधबार श्रेष्ठ डिस्चार्ज हुनु भएको हो

। उँहाले अस्पतालबाट डिस्चार्ज भए पछी पत्रकार सम्मेलन गरि आफुलाइ अन्याय भएको बताउँनु भएको छ । पत्रकार सम्मेलनमा असोज ७ गते बिहान करिव ८ बजे आफ्नै गाँउका २ जनाले आक्रमण गरेको बताउँनु भयो । बाटो को बिषयलाइ लिएर भएको बिबादमा आक्रमण भएको बताउँदै नियमित रुपमा आबतजाबत गर्ने सडक बन्द हुन नहुने सडक जाम हुँदा सबै गाँउका मानीसलाइ समस्या पर्ने भएको ले सफा साँग छिटो काम गर्न आफुले भनेको त्यही बिषयलाइ लिएर आफु माथी आक्रमण भएको अध्यक्ष श्रेष्ठ ले बताउँनु भयो ।

उक्त घटना पछि गम्भीर घाईते भएर बेहोस भएको र उपचारका लागी तुरुन्त चौतारा अस्पतालमा गएको । त्यस अस्पतालमा उपचार सम्भव नभए पछि काठमाडौं स्थित एभरेष्ट अस्पतालमा रिफर गरिएको हँदा आफुले काठमाण्डौमा आएर उपचार गरेको बताउँनु भयो । 

डिस्चार्ज भएकै दिन बुधबार उहाँले काठमाडौँको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूमाथि बिना अपराध कुटपिट भएको हँुदा यसरी कुटपिट गर्नेलाई कारवाहीको माग गर्नु भएको छ । आफुलाइ सगुन उपनामले चिनिने सुर्य श्रेष्ठ र सुस्मिन श्रेष्ठले ै अपशब्द प्रयोग गर्दै अन्धाधुन्ध पछाडीबाट लात्ती र मुक्का प्रहार गरेको श्रेष्ठले बताउँनु भयो ।

उक्त घटनामा परिे टाउकोमा रगत जमेको थियो रिपोर्ट आएपछि एमआरआई र सिटीस्क्यान समेत गरिएको थियो। ८ दिनको उपचार पछि टाउकोको जमेको रगत फाट्दै गएको कारण अस्पतालले डिस्चार्ज गरेको उँहाले सो अबसरमा जानकारी दिनु भयो । उपचारको क्रममा उहाले कोरोना पिसीआर परीक्षण पनि गरिएको र रिपोर्ट नेगेटिभ आएपछि घरमै आराम गर्न सुरक्षित हुने डाक्टरको सल्लाहबमोजिम डिस्चार्ज भएको जानकारीि दिनु भयो ।

काठमाण्डौमा गरेको पत्रकार भेटघाटमा श्रेष्ठले आफूले शारीरिक उपचार पाए पनि मानसिक उपचार र न्याय पाउन नसकेको गुनासो गर्नु भयो । हालसम्म सम्पूर्ण उपचारको लागि उनको १ लाख २० हजार हाराहारीमा खर्च भईसकेको छ। घटनापछि फरार रहेका अभियुक्तलाई जतिसक्दो छिटो कानुनी कठघरामा ल्याएर क्षतिपूर्ति, उपचार खर्च र कानुनी कारवाहीको लागि शेर बहादुरका छोरा शनि श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको बताउँनु भयो ।

घटना बारे सभामुख अग्निप्रसाद सापकोटा, प्रदेश मन्त्री युवराज दुलाल समेतलाई जानकारी गराईएको उक्त घटना कुनै व्यक्तिगत सरोकारको मामला मात्र नभएर जननिर्वाचित जनप्रतिनिधिमाथिको हमला भएको कारण सामान्य नभएको ले यस घटना को दोषीलाइ तत्काल कार्बाही गर्न पर्ने श्रेष्ठकी पत्नी अन्जु श्रेष्ठले बताउँनु भयो ।

उहाँले,जनताले चुनेको एउटा नेताको अवस्था त आफ्नै समाजमा सुरक्षित छैन भने अन्य निमुखा जनताले यो समाजबाट के अपेक्षा गर्ने भनी प्रश्न गर्नु भयो ?अध्यक्ष श्रेष्ठ ले अभियुक्तहरु आफ्नो गल्ती स्वीकार गर्न सके एकपटक सुध्रिने मौका दिन सकिने समेत बताउँनु भयो । आफुले यस अवधिमा अस्पतालको बेडबाट नै आएका जनताको सिफारिस लगायतका सेवा प्रवाह गरेका स्पष्ट पार्दै वडाका नागरिकको काममा सहजताका लागी आफु सँधै लागी पर्ने बताउँनु भयो । असोज ७ गते बिहान करिव ८ बजे आफ्नै वडा उक्त घटना भएको थियो ।

, ,