प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

चौतारा, असोज २८ । 

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा बुधबार सार्वजनिक महत्वका धार्मिक स्थलहरुको सरसफाई गरीएको छ । 


बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका साथै कार्यालयको प्रत्यक्ष मातहत अन्तर्गतका सबै कार्यालयहरुले धार्मिक स्थलहरुको सरसफाई गरीएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० वटै जिल्लाहरुमा बिहान ७ः३० बजे एकै साथ सरसफाई कार्यक्रम भएको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता सुदिप गिरीले जानकारी दिनुभयो । 

प्रदेश भरीका १५ वटा धार्मिक स्थलहरुको सरसफाई गरीएको हो । सरसफाईको लागि प्रदेश भरीका ३७० जना प्रहरी कर्मचारी परिचालन गरीएको थियो ।  प्रहरी दिवसको अवसरमा आयोजना गरीएको धार्मिक स्थलको सरसफाई गर्ने कार्यक्रम अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, प्रहरी बरिष्ठ उपरीक्ष सुदिप गिरी, प्रहरी निरीक्षक रोशन थापा सहितको ४० जना प्रहरी कर्मचारीको टोलीले  हेटौंडा उप महानगरपालीका १० स्थित गोरक्षेश्वर मन्दिरको सरसफाई गरेको थियो । 

प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले भोली बृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुमा समेत भोली बिहान ७ः३० बजे सार्बजनिक महत्वका स्थलहरुमा बृक्षारोपण कार्यक्रम गरीने समेत प्रवक्ता गिरीले बताउनुभयो । 

, ,