बोल्देबासीलाई तीन लाख रुपैयाँ सहयोग

चौतारा, असोज २५ । 

पहिरोको जोखिममा रहेको हेलम्बु बोल्देबासीलाई नेपाली कांग्रेस सिन्धुपाल्चोकले आर्थिक सहयोग गरेको छ । काग्रेसले बोल्देबासीलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।


पहिरोको जोखिममा रहेको हेलम्बु बोल्देका ६० घर परिवारलाई पाँच हजारको दरले नगद सहयोग गरेको प्रदेश सभा सदस्य निमा लामाले बताउनुभयो ।

शनिबार कांग्रेस सभापति विकास लामा सहितको टोली नगद राहत वितरणका लागि बोल्दे पुगेको थियो। काठमाडौं चावहिलका समाजसेवी राजेन्द्र बहादुर गोर्खालीले पार्टीलाई गरेको आर्थिक सहयोगबाट बोल्दे पहिरोको जोखिमबाट पीडित बनेका नागरिकहरुलाई सहयोग गरिएको हो ।

गोर्खालीले सिन्धुपाल्चोकमा बनिरहेको नेपाली कााग्रेसको भवन निर्माणका लागि यसअघि १० लाख सहयोग गरेका थिए । राहत वितरणका लागि सभापति लामा, प्रदेश सभा सदस्य लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल मोक्तान, समाजसेवी गोर्खाली जिल्ला सदस्य उदब बानिय, भुवन घोरासैनी, सञ्चमान तामाङ हेलम्बु गाउँपालिका सभापति बिजयसिङ तामाङ, क्षेत्रीय कोषध्यक्ष निल ब खड्का, हेलम्बु ४ र ५ नम्बर वडाका सभापतिद्वय साइला तामाङ र भरत कार्की, वडाअध्यक्षद्वय हर्कबहादुर तामाङ र खेतनाथ घिमिरे, नेविसंघ जिल्ला सभापति दावा ग्याल्बु लामा, विद्यार्थी नेता दिपेश खनाल लगायत बोल्दे पुग्नुभएको थियो । 

, ,