आन्तरीक मामिला तथा कानुन मन्त्रीद्धारा प्रदेश प्रहरी कार्यालयको निरीक्षण

 चौतारा, असोज २३ । 

बागमती प्रदेश सरकार, आन्तरीक मामिला तथा कानुन मन्त्रालयका मन्त्री माननीय श्री शालिकराम जम्कट्टेलले शुक्रबार बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ । 




सो भवन निरीक्षणको क्रममा मन्त्रीज्यू समक्ष प्रदेश प्रहरी प्रमुखले कार्यपत्र प्रस्तुत गर्नु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताउनुभएको छ ।

माननीय मन्त्रीज्यूबाट बागमती प्रदेश सरकारको बजेटबाट निकट भविष्यमा निर्माण हुने प्रदेश प्रहरी मुख्यालयको भवन निर्माण स्थलको अवलोकनका साथै प्रदेश प्रहरी कार्यालयको निरीक्षण भएको थियो । 

 सो भ्रमणमा आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव श्रीमान मदन भुजेलज्यूको समेत सहभागिता रहेको थियो ।

 

, ,