मेलम्चीमा स्वेच्छिक कोरोना टेष्ट गर्नेहरुको शनिबार स्वाब संकलन गरीने

चौतारा,कार्तिक १८ । 

मेलम्ची नगरपालिका स्तरीय स्थानीय कोरोना विपद् व्यवस्थापन केन्द्र  को सोमबारको बैठकले गरेको विविध निर्णयहरु मंगलबार सार्वजनिक गरेको छ ।


 स्थानीय कोरोना विपद् व्यवस्थापन केन्द्रकासंयोजकएवं मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ४ बुदेँ निर्णयहरु गरेको नगर उपप्रमुखभगवती नेपाललले जानकारी दिनुभयो ।

बैठकले] M Mild / Moderate  अबस्थाका कोरोना विरामीको व्यवस्थापनको लागि मेलम्चीन गरपालिकाको कोरोना अस्पतालको रुपमा व्यवस्थापन गरिएको धुलिखेल सामुदायिक अस्पताल बाहुनेपाटि आउटरिच क्लिनिकको पश्चिमपट्टिको भवनमाआवश्यक पुर्वाधार ,उपकरण तथाऔषधीजन्य सुविधाहरु सहित व्यबस्थापन गर्ने तथा सिकिस्त विरामीहरुलाई प्रेषण गर्नको लागि सुविधा सम्पन्नकोभिड डेडिकेटेड अस्पतालहरुसंग समन्वयकायमराख्ने निर्णय गरेको छ । मेलम्ची नगरपालिका भित्रका कोरोना संक्रमित व्यक्तिहरुको निधन भएमा शव व्यबस्थापनको लागि संम्भावित स्थानहरु पहिचान गर्न मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल संयोजक रहने गरी टोलिले कार्तिक २१ गते बाट स्थलग तनिरिक्षण सुरु गर्ने पनि जनाइएको छ ।

नगरवासिहरुमा कोभिड १९ को लक्षणहरु देखिएमा वा कोरोना संक्रमण पुष्टि भएमा सम्वन्धीत वडा कार्यालयमा र स्थानीय स्वास्थ्य संस्थामा सकेसम्म छिटो सुचनागर्न अनुरोध गर्नुका साथैकोरोना संक्रमण सम्बन्धि मिल्ने चिन्हतथा लक्षणहरु जस्तै ज्वरो आउने, रुघाखोकी, स्वाद गन्ध थाहानहुने जस्ता लक्षणहरु देखिएमा त्यस्ता व्यक्तिहरुलाई अनिवार्य १४ दिनहोम आइसोलेसनमा रहन अनुरोध गर्ने र सोको निगरानी सम्बन्धित वडा कार्यालयले गर्ने बताइएको छ ।

कोभिड १९ संक्रमणका लक्ष्णहरु देखिएका व्यक्तिहरुले सःशुल्क पिसिआर परीक्षण गर्न चाहेमा हप्ताको एक दिन शनिवार मात्र स्वाव संकलन गर्ने र उक्त नमुना संकलनगर्न र परीक्षणको लागि सम्बन्धीत अस्पतालसंग समन्वयगर्न मेलम्चीप्राथमिक स्वास्थ्य केन्द्रलाई जिम्मेवारी दिने निर्णय पनि गरिएको मेलम्ची नगरपालिका स्तरीय स्थानीयकोरोनाविपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

, ,