डडुवा बचत तथा क्रृण सहकारी द्धारा समबेदना सहित सहयोग



सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ का फौद बहादुर बस्नेतको निधन प्रति दुख ब्यक्त गर्दे डडुवा बचत तथा क्रृण सहकारी संस्थाले आर्थीक सहयोग गरेको छ ।


सस्थाका शेयर सदस्यको कुनै कारण निधन भएमा सस्थाले तत्काल केही राहत स्वरुप रु दश हजार रुपैया दिदै आएको छ ।

सोही सिलसिलामा शनिबार सस्थाका  उपाध्यक्ष जिबन नेपाल को नेतृत्वमा मृतकका घरमा गइ मृतकको आफन्तलाइ सहयोग रकम हस्तानन्तरण गरेको हो । सस्थाका सचिब  तथा १४ न का वडा सदस्य भेष बहादुर नेपाल, सहकारी सस्थाका कोषाध्यक्ष सिता बस्नेत , कार्यलय ब्यबस्थापक बिनम पराजुलीको टोलीले बस्नेत एकता समाजका अध्यक्ष एवम नेत्रज्योती कृषी सहकारी सस्थाका अध्यक्ष बाबुराम बस्नेत नेत्रज्योती कृषी सहकारी सस्थाका सहसचिब राजेन्द्र बस्नेत लगाएतका बस्नेत समुदायको रोहबरमा मृतकका परिबारलाइ  उक्त सहयोग रकम हस्तानन्तरण गरिएको हो । सहयोग रकम हस्तानन्तरण गर्दै सचिब नेपाललले उँहाले सहकारिमा गरेको योगदान कहील्यै पनि बिर्सन नसिकने बताउँदै मिलनसार ब्यक्तीको निधनले आफु लगाएत सहकारीका सबैलाइ दुखीत तुल्याएको बताउँनु भयो ।

बस्नेतको  निधन प्रती बस्नेत एकता समाज, डडुवा बचत तथा क्रृण सहकारी सस्था ,नेत्रज्योती कृषी सहकारी सस्था, लगाएतले दुख ब्यक्त गर्दै  मृत्माको चिरशान्तीको कामना गर्दै श्रदान्जली ब्यक्त गरेका छन भने शोकाकुल परिबारमा समबेदना समेत ब्यक्त गरेका छन । 


, , ,