बालीका थापालाइ काँग्रेसकाबस्नेतको सहयोग



बाह्रबिसे नगरपालिकाकी १६ बर्षीया बालीका गरीमा थापा लाइ उपचारको लागी नेपाली काँग्रेसका क्षेत्रीय सभापती बालकृष्ण बस्नेत ले  ब्यक्तगित रुपमा आर्थीक सहयोग गर्नु भएको छ ।


हामीलाइ प्राप्त समचार अनुसार सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका (४ का दिपक थापाका १६ बर्षीया छोरी गरीमा थापा ५४ दिन अघि लडेर गम्भीर घाइते भइ अचेत अबस्थामा रहनु भएको थियो  । घाइते गरिमा थापाको  टाउकोमा चोट लागेर रगत जमेका कारण राजधानीको पाटन अस्पतालमा उपचार भईरहेको परिवारजनले जनाएका छन् । आर्थीक समस्या परेका कारण चिन्तति रहेका थापा परिबारलाइ बस्नेतले गरेको सहयोग ठुलो भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पाटन अस्पतालमा उपचारर्थ बाह्रबिसे नगरपालिका(४ की बिरामीलाई नगद सहयोग गर्नु भएको हो  ।उपचार गर्न आर्थिक अभाव भएका कारण सभापति बस्नेत अस्पतालमा  आफै पुगेर स्वास्थ्य लाभका साथै बिरामीकी आमालाई नगद २५ हजार सहयोग प्रदान गर्नु भयो ।

नेपाली काँग्रेस जनताका पार्टी भएकोले जनताको  समस्या आफ्नै समस्या ठानेर जे जस्तो सहयोग गर्न सकिन्छ सहयोग गर्दै आएको बताउँनु हँदै  उपचारका लागि थप सहयोगको बातावरण बनाउने पनि सभापति बस्नेतले बताउँनु भयो  ।बिरामीका बुबा दिपक थापाले छोरीको उपचारमा धेरै पैसा लाग्ने भएका कारण सहयोग गरिदिन सबैलाई आग्रह गर्नु  भएको छ  । 


, , , , , ,