बिद्यालयको पुर्बाधारले मुहार फेर्यो अब शैक्षिक गुणस्तरलाई सुधार गर्नुपर्छः पुर्ब मन्त्री तामाङ

मेलम्ची ।

पुर्ब


कानुन,न्याय तथा संसदीय मामिला मन्त्री मा।शेर बहादुर तामाङले पांचपोखरी थाङपाल गाउंपालिका वडा नं १ मा अबस्थित श्री भिम बिद्याश्रम मा।बि।को नबनिर्मित २१ कोठे अत्याधुनिक भवनको सोमबर उद्घाटन गर्नु भएको छ ।

उक्त अवसरमा आफ्नो मन्तब्य राख्नु हुंदै पुर्बमन्त्री तामाङले २०७२ को महाभुकम्प पस्चात बिद्यालयहरुले पुर्बाधारको हिसाबले मुहार फेरेको र अब शैक्षिक गुणस्तरलाई उच्च सुधार गर्नु पर्ने र बिद्यालयमा चाउचाउ ,बिस्कुट जस्ता खाजाहरु प्रबेश निषेध गर्दै खाजाको रुपमा स्थानिय खाध्यान्नको प्रयोग गर्नु पर्ने कुरामा बिद्यालय परिबारलाई सचेत समेत गराउनु भयो ।

साथै यस भेगमा विभिन्न सरकारी निकायबाट सन्चालन भएका बिभिन्न बिकासे आयोजनाहरुको बारेमा चर्चा समेत गर्नुभयो ।

उक्त भवन २०७२ सालको बिनासकारी भुकम्पबाट ध्वस्त भएकोमा एसियायी बिकास बैंक र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

सो समारोहमा नेकपा नेता एवम मेलम्चि खानेपानीका बोर्ड सदस्य चन्द्र बहादुर थापा ,गाउंपालिका अध्यक्ष टासि लामा, उपाध्यक्ष श्री सुनिता अधिकारी,स्थानिय समाजसेवीहरु फुर्पा स्याङ्बो,सोमर बोम्जन, निर्मल बन्जारा,वडा नं १ का अध्यक्ष सुर्यमान दोङं,वडा नं २ का वडा अध्यक्ष पासाङ लामा,गाउंपालिका बिद्यालय निरीक्षक उत्तममणी पौडेल, प्रधानाध्यापकहरुका तर्फबाट शशि कुमार भट्टराई,भुतपुर्ब बिद्यार्थीका तर्फबाट लोकमान तामाङ,आयोजनाका प्राबिधिक ईन्जिनियर लगायतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सो अत्याधुनिक भवन करिब १० करोडको लगानिमा निर्माण सम्पन्न भएको शर्मा खानी जे।भि।का प्रतिनिधि एबम निर्माण ब्यबसायी मान बहादुर बोम्जनले बताउनु भयो । सो कार्यक्रममा बिभिन्न जग्गादाता महानुभाबहरुलाई सम्मान समेत गरिएको थियो ।

स्वर्गीय तुल्सीभक्त कक्षपतिको नामबाट उहांका छोराहरु ध्रुबभक्त,राजभक्त, शिबभक्त कक्षपतिलाई सम्मान गरिएको र स्व.तुल्सीभक्त कक्षपतिको सालिक अनाबरण समेत गरिएको थियो । उक्त कार्यक्रममा जग्गादाताहरु,अभिभावकहरु,स्थानीय समाजसेवीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको पुर्बमन्त्री तामाङ का स्वकीय सचिब निर्मल बन्जाराले बताउनु भयो ।


, ,