मन्त्री शालिकराम जम्कट्टेलद्धारा प्रहरी चौकीको भवन उदघाटन


जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी झिल्टुङ नुवाकोटको नवनिर्मीत भवनको आन्तरीक मामिला तथा कानुन मन्त्री माननीय शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्तीक २५ गते प्रमुख अतिथिले उद्धद्दाटन गर्नु हुँदै  उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नु भएको थियो ।


प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको रु.१,८२,३५,३७४.३३ (एक करोड बयासी लाख पैतिस हजार तिन सय चौहत्तर दशमलव तेत्तिस पैसा) सहयोगमा प्रहरी चौकी झिल्टुङ नुवाकोटको नव निर्मित कार्यालय, भान्सा र शौचालय भवनको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल को प्रमुख आतिथ्यमा सम्पन्न हो ।

उक्त समुदघाटन कार्यक्रममा प्रमुख अतिथि आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, बेलकोटगढी नगरपालिकाका प्रमुख (मेयर) राजेन्द्ररमण खनाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी बरिष्ट उपरीक्षक सुदिप गिरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, प्रहरी नायव उपरीक्षक हरि बहादुर वली, सशस्त्र प्रहरी नायव उपरीक्षक मदन ढुङगान, राष्ट्रिय अनुसन्धान बिभाग नुवाकोटका प्रमुख अनुसन्धान अधिकृत हेमन्त चौधरी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको त्क्त् बाट प्रतिनिधिको रुपमा खटिनु भएका ई.प्र.नि. बिमला श्रेष्ठ, स्थानिय जनप्रतिनिधीहरु ,सरकारी तथा गैर(सरकारी कार्यालयबाट उपस्थित कर्मचारीहरु, संचारकर्मीहरु लगाएत प्रहरी कर्मचारीहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको  थियो ।

प्रमुख अतिथि बाट उक्त नव निर्मित प्रहरी चौकी झिल्टुङको कार्यालय भवन,भान्सा तथा शौचालय भवनको समुदघाटन गर्नु भएको सो कार्यक्रममा  भवन निर्माण सम्बन्धी संक्षिप्त प्राबिधिक प्रतिवेदन प्रहरी निरीक्षक ईन्जिनियर बिमल श्रेष्ठले गर्नु भएको थियो । प्रमुख अतिथिबाट भवनको निरीक्षण गर्नुका साथै उक्त भवन निर्माणमा निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु, भवन निर्माण कार्यमा सहयोगी भुमिका निर्बाह गर्ने ब्यक्तिहरु, भवन निर्माण कम्पनि लगायत उपस्थित अतिथिहरुलाई सम्मान स्वरुप प्रंशसापत्र प्रदान गर्नु भएको थियो । 

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की ले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि, बेलकोटगढी न.पा.प्रमुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारीले सुभ(कामना मन्तब्य राख्नु भई बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूबाट प्रमुख अतिथि, अतिथि लगाएत उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको बामती प्रदेश  प्रहरी कार्यलय हेटौडाका सुचना समन्वय अधिकृत प्रहरी निरिक्षक रोशन थापाले जानकारी दिनु भयो  थियो ।


, , ,