मेलम्ची नगरपालिकाको सेवा आफ्नै भवनबाट शुरु

मेलम्ची । 

मेलम्ची नगरपालिकाले आफ्नै भवनबाट आफ्नो सेवा शुरु गरेको छ ।


 शुक्रबार पुर्ब कानुन मन्त्री एवम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले उद्घाटन गर्दै नगरपालिकाको मुख्य प्रसासनिक भबन बाट नगरपालिकाको काम शुरु भएको हो ।  कुल ६ करोड ६लाख ३९ हजार ३ सय ६४ रुपियाँमा निर्माण सम्पन्न भएको ४ तलाको रहेको छ । 

कार्यक्रमका प्रमुख अतिथी तामाङ्ले सबै पालिकाहरुले तिब्रगतिमा काम गरिरहेको भन्दै अब त्यसको नतिजा आउने बेला भएको बताउनुभयो । उहाले अब समृद्ध नगरपालिका छिट्टै हुनेमा ढुक्क हुन नगरबासिलाइ आग्रह गर्नुभयो । मेलम्ची अन्नको भण्डार भएकाले नगरलाइ चाहिने तरकारी तथा कृषि बालिहरु आफ्नै ठाउमा उब्जनि गर्नसक्नु पर्न बताउनुभयो । भवन संगै सेवा सुबिधा पनि सन्तोष जनक बनाउन पर्ने भन्दै कर्मचारी हरुले आफ्नो कामको रफ्तार लाई बढाउनपर्ने बताउनु भयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकाको भबन मात्र हैन अब सबै वडाकार्यलयको भबन पनि क्रमश उद्घाटन गर्दै जाने बताउनुभयो । नगरपालिकाको राम्रो कामको प्रचार नभएको तर तथ्य हिनकाममको कुप्रचार गरेको भन्दै पत्रकार हरुमा सत्य तत्थ्य बुझेरमात्र समाचार लेख्न आग्रह गर्नुभयो । गलतकाम लाई गलत र राम्रो कामलाइ राम्रो भन्न पत्रकारले सक्नुपर्ने बताउनुभयो ।

यसअघि भाडामा बस्दै आएको नगरपालिकाले आज बाट आफ्नै भबन बाट सेवा सुरु गरेको हो । अब नगरपालिकाले एउटै भबन बाट नगरपालिकाले दिने सेवासुबिधा प्रदान गर्ने नगरपालिकाले जनाएको छ । कृषि ,पशु र आयुर्वेदिक अस्पतालको सेवा बाहेक सम्पुर्ण सेवा अब आफ्नै भबन बाट सन्चालन हुने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न बिधामा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी ,शिक्षक,खेलाडी ,जग्गादाता हरुलाइ सम्मान गरिएको थियो । देश संघिय संरचनामा गएसङै अहिले सम्म पनि प्राय स्थानिय तहले घर भाडामा लिएर सेवा प्रबाह गरिरहेपनी मेलम्ची नगरपालिकाले भने आज बाट आफ्नै भबन बाट सेवा सुरुगरेको छ ।

७७ साल बैशाख बाटै नगरपालिकाको आफ्नै भबन बाट सेवा सुरुगर्ने लक्ष्य भएपनी भबन कोरोना भाइरस कोभिड १९को कारणले गर्दा केही ढिला भएको उपप्रमुख भगवती नेपालले बताउनुभयो । यश भबन लाई आइसोलेसन बनाइएको कारणले गर्दा केही ढिला भएको भन्दै उपप्रमुख नेपालले ढिलै भएपनी अब आफ्नै भबनबाट सेवा दिन पाउने भएकोमा खुशी व्यक्त गर्नुभयो । ४ तल्ले भबनमा २५ वटा कोठा रहेको अपांगमैत्री ,सुबिधा सम्पन्न सभाहल ,बैठकहल लगायतका संरचना रहेका छन् । कार्यक्रममा नेपाली कांग्रसका मेलम्ची नगरपालिकाका सभापति  मधुसूदन सिग्देलले नगरपालिकाले आफ्नै भबनबाट सेवा सुरुगर्न लागेकोमा खुशी व्यक्त गर्दै नगरपालिकामा भएका बेथितिहरु अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा रास्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रिय अध्यक्ष फणीन्द्र दाहालले बजेट बिनियोजनमा मनोमानी भएको आरोप लागाउनु भयो । उहाँले सबै वडाहरुमा समान बजेट बिनियोजन गरे मात्र नगरपालिका समृद्ध हुने भन्दै सबैलाइ समान व्यवहार गर्न उहाँले नगरपालिकाको ध्यानाकर्षण गर्नुभयो ।उहाँले बिरोधको लागि बिरोध मात्र नभई नगरपालिकाले गरेको राम्रो कामको प्रचार गर्नपनी पत्रकार लगाएत नगरबासिलाइ आग्रह गर्नुभयो ।

, , , ,