जेष्ठनागरिकलाइ सहयोग
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालकिामा रहेको चौतारा बृद्धआश्रममा रहनुभयका जेष्ठ नागरिकहरुलाइ फलफुल तथा खाद्यनन सहयोग गरेको छ ।
क्वाइनोनिया ख्रिष्टिय मण्डल गैरी गाँउले , चामल ,नुन, दाल, बिस्कुट, केरा, र कपठा धुने पाउडर सहित शनीबार सहयोग गरेको हो ।
शनीबार अम्बर घलेका्े नेतृत्वमा मण्डलीका प्रतिनिधीहरु आश्रममा गइ उक्त सहयोग गरेको हो । सहयोग गर्ने क्रममा घलेले आफ्ना आमा बुबा हरुलाइ जिउँदो छदा जती सहयोग गर्न सकिन्छ गर्नु हेला नगर्नू नै मुख्य धर्म रहेको बताउँनु हुँदै जिउँदो रहेसम्म सहयोग गर्न पर्ने बताउँनु भयो ।
सहभागी जेष्ठ नागरिकहरुले सहयोग गर्ने सहयोगी हातहरुको निरन्तरताको कामना गर्दैै सहयोगीहरुलाइ आशिर्बाद दिनु भएको थियो । जेष्ठ नागरिक स्याहार सुसार रेखदेख गर्नु हुने डम्बर कुमारी मल्लले हाल २महीला सहित ९जना रहेको बताउँनु भयो ।