प्रसनि गुरुङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा

चौतारा

जिल्ला प्रहरी कार्यालय  मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा हुनुभएको छ । 


मकवानपुर जिल्लामा भएका बिभिन्न घटनाहरुको अनुसन्धान, लागु औषधको बरामद तथा फरार प्रतिबादी पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेको लगाएतका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले निजलाई “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी “ घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरीएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभएको छ । 

 बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखीत व्यवस्था अनुसार कार्तिक महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी“ घोषणा गरीदै आएको छ । 

प्रहरी सहायक निरीक्षक शिबराज गुरुङ सहित कार्तिक महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन ।

,