बाह्र्बिसेमा१३३को रक्तदान नेकपाका नेता काँग्रेसमा प्रबेस
सन्ध्या बस्नेत
कोरानाका कारण बिश्व भरि स्वास्थ्य समस्या देखापरिरहेको अबस्थामा नेपाली काँग्रेसले भने स्वास्थ्य समस्यामा परेकालाइ उपचारको क्रममा रगतको अभाब हुन नदीनका लागी रक्त दानको कार्यक्रम गरेको छ । नेपाली काँग्रेस केन्द्रीय खेलकुद बिभागले गरेको उत्तल कार्यक्रम अन्तरगत सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालीकामा पनि बिहीबार रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेस का केन्द्रीय सदस्य एवम खेलकुद बिभागका संयोजक समेत रहनु भएका पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको गृह जिल्लामा भएको रक्तदान कार्यक्रममा नेकपाका भातृ सङ्गठन युवा सघं नेपालका नेता नेपाली काँग्रेस मा प्रबेश गरेका छन ।
नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा देशका विभिन्न जिल्लाहरुमा रक्तदान गर्ने पुर्व घोषित कार्यक्रम अन्तर्गत २०७७ मङ्सिर ११ गते कोरोना भाईरस र बाढी पहिरोको उच्च प्रभावको कारण बिरामीहरुको उपचारको लागि भईरहेको रगत अभावलाई मध्यनजर गरि बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकमा १३३ जनाले रक्तदान, गरेका छन ।
रक्तदान गर्नेहरुमा दलित समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा भव्यताका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त दान पश्चात पुर्ब मन्त्री बस्नेतले सम्पुर्ण रक्तदाता लगायत कार्यक्रम सुसम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण नेता कार्यकर्ता गणमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ ।
उँहाले उक्त रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा मङ्सिर १५ गते सम्म स्वास्थ्य मापदण्ड अपनाई चल्ने भएकोले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि बस्नेतले हार्दिक अपिल गर्नु भएको छ ।
उँहाले बाह्रबिसे न पा वडा न.८ घिमिरेछापबाट अनेरास्ववियु जिल्ला कमिटी सदस्य र युवा संघको क्षेत्रीय सचीव नेकपाको युवा नेता नवीन घिमिरे लगाएतलाइ पाटीं प्रबेश गराउँदै काँग्रेस सँधै जनताको पक्षमा काम गर्ने भएकाले जनताको साथ रहने बिश्वास ब्यक्त गर्नु भयो ।
काँग्रेसले जनता सामु झुटो नबोलेको जे गर्ने हो त्यही मात्र बोलेको कारण केही पछी परेको भएता पनि खब जनता सचेत भइ सकेका छ आगामी निर्बाचनमा काँग्रेसलाइ जनताले जिताउँने छन भन्नु भयो ।
नेकपा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गर्नु भएका घिमिरेले नेकपाले माफियातन्त्र भ्रष्टाचार नातावाद र गफमा मात्र ध्यान दिएको देश र जनताको काममा ध्यान नदिएको टिप्पणी गर्नु भयो र अब देश र जनतालाई ध्यान दिन नेपाली काङ्ग्रेस मात्रै सक्छ
भन्ने आफुलाइ बिश्वास लागेकोले म नवीन घिमिरे नेपाली काङ्ग्रेसको चारतारे झन्डा मुनि आबद्ध भइ सक्रिय हिसाबमा नेपाली काङ्ग्रेसको राजनीति गरि देश र जनताको काम गर्ने बाचा समेत गर्नु भएको छ उहाँलाई नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एबम पुर्ब सूचना तथा संचार मोहन बहादुर बस्नेत ले खादा तथा टीका लगाइ सदस्यता कार्ड वितरण गरि नेपाली काङ्ग्रेसमा स्वागत गर्नु भएको थियो ।
साथै घिमिरेले नेपाली काङ्ग्रेसको खेलकुद बिभागबाट आयोजित रक्तदान कार्यक्रम सहभागी भइ रक्तदान समेत गर्नु भएको नेपाली काँग्रेसका नेता नेत्र बहादुर थापाले जानकारी दिनु भएको छ ।
उँहाका अनुसार रक्त दानमा सहभागीहरुलाइ पुर्ब मन्त्री बस्नेतले प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियो । फोटो श्यामसुन्दर श्रेष्ठ, हेमन्त श्रेष्ठको फेसबुकबाट