९ महीना भइ सक्यो ब्याज किस्ता तिरेको छैन लाजै लागी सक्यो कमाइ नै छैन ः यातायात ब्यबसायी बलराम गिरी




सिन्धुपाल्चोक   जिल्ला तत्कालिन  साँगाचोक गाउँबिकास समिती वडा नं ४ हाल चँौतारा साँगाचोकगढी नगरपालीका १२ मा पिता गोपाल गिरी र माता मिठु गिरी को कोख बाट मिती  २०३४साल फागुन १८ गते  जन्मनु भइ  हाल  पुर्ब अरनिको याताात सेवा प्रालीका बस सञ्चालक समेत  रहनु भएका श्री बलबहादुर गिरी  सँग लोकप्रिय समाचार ले गरेको छोटो कुराकानी ः

 १. तपाइ को परिचय दिनुहोस न ?

मेरो नाम बलराम गिरी हो म अहिले पुर्ब अरनिको यातायात सेवा प्राली अन्तरगत काठमाण्डौ चौतारा रुटमा बस सञ्चालन गरिरहेको छु   । 


२ तपाइको अहिले सम्मको अनुभव  बताइ दिनुहोस न ? 

म सानैदेखि यातायात क्षेत्रमा काम गर्न  मन पराउने हुनाले यस पेशामा लाग्ने निधो गरेको थिए  मैले जनजागृती माबी साँगाचोकमा पढ्ने क्रममा नै बसमा काम गर्न इच्छा लागेकाले  यस क्षेत्रमा काम गर्न शुरु गरेको हो  बिस्तारै आफूलाई पनि बस मालकि हुन मन लाग्न थाल्यो । २०५०साल देखी बसमा खलासी गरेको ५२ साल देखी कण्डक्टर  गरेको र २०५५साल देखी  सवारी साधन चलाउँन थालेको हाल सम्म पनि आफ्नो सिप अनुसार सवारी साधन चलाइ रहेको छु ।   यस बिचमा मैले बिदेशमा पनि दूइ दुइ पटक काम गरि सकेको छु । खाश गरि म सँग सामाजीक काम र सेवा गर्ने अनी यातायात सञ्चालन सम्बन्धी अनुभब रहेको छ । 



३. तपाइलाई  सबै भन्दा बढी राम्रो के  मा र नराम्रो के  कुराहरुमा लाग्ने गरेको छ ?

मलाई सबैभन्दा राम्रो काम  भनेको समाजमा सबै ले समानता पाउँन पर्छ कोही ठुलो कोही सानो भन्ने हुन हुादैन कसैलाइ पनि पक्षपात हुनु हुँदैन  सबै मिलेर बस्न पर्छ  भन्ने लाइ राम्रो लाग्छ भने अर्काको रिस गर्ने अरुलाइ नराम्रो  सोच्ने अरुलाई धोका दिने, अनैतिक काम गर्ने लाइ नराम्रो लाग्छ ।


४. तपाइले यो क्षेत्रमा काम गरेर के के सफलता पाउँनु भयो ?

मैले धेरै साथी  कमाएको छु, उहाँहरुको माया र सहयोग छ ।  मैले सम्पती कमाउँन नसके पनि साथी भाइ कमाएको छु त्यसैले मलाइ खुशी लागेको छ ।  सम्पती भन्दा साथी भाइ ठुलो हो साथीभाइ कमाइको नै मेरो लागी सफलता हो भन्ने लाग्छ । मैले बोलेका कुराहरु कुनै साथीले पनि नाइ भनेको अबस्था छैन, समिती सस्था हुँदै प्रलीमा समेत काम गर्दै छु अहिले सम्म मेरो काममा कसैले नराम्रो भन्न सकेको छैन यही मेरो सफला हो ।  

५. यस क्षेत्रमा काम गर्दा कतीको सहजता पाउँँनु भएको छ ?

यात्रुहरुको मायाले जति दुःख कष्ट भएपनि बिर्साउँदो रहेछ । धेरै गाह्रो छ, अहिले झन प्रतिस्पर्धा छ । प्रतिस्पर्धा हुँदा काम गर्न झन आनन्द आउँछ तर अस्वस्थ प्रतिस्पर्धाले भने गरी खानेलाई गाह्रो बनाएको छ । हामी सधै बिधीको शासन, नियम कानुन पालना गरेर अनुशासित सेवा दिन पर्छ  भन्ने पक्षमा रहेका ले यसमा खासै समस्या भएन जँहा स्वच्छ मनले सहयोग गर्ने योजनाका  साथ अगाढी बढिन्छ त्यँहा सहजता त पाइन्छ । त्यसैले यसमा खाशै अफ्ट्यारो भएन सहजता नै भएको मलाइ अनुभब भएको छ । 

६. समग्रमा देशको राजनीती गतीबिधी कस्तो लागी  रहेको छ ?

मलाई दिक्क लाग्छ  राजनितीको कुरा गर्दा पहीला पहिला त मलाइ चासो हुन्थ्यो तर अहिले  नेताहरुमा नैतिकताको अभाव देख्छु । हामी  सजिलो सँग श्रम गरेर  खाने मानीसलाइ सरकारले सहयोग गर्न पर्छ । मज्दुरको मत पाएर चुनाव जितेको पार्टीले मज्दुरलाइ नै सहयोग गर्नु पर्छ तर त्यस्तो भएको देखीएन । झन यातायात क्षेत्रका मज्दुरहरुको लागी त खाशै केही लोकप्रिय कायृक्रम नै सरकारले ल्याउान सकेको पाइएन यसैले मलाइ राजनितीको कुरा गर्न मन लाग्दैन  जे हुन्छ आफ्नै पेशामा लागी रहेको छु यही पेशा नै राम्रो छ । 

 ७. तपाइ बिदेश पनि जानु भयो बिदेश र याँहा काम गर्दा के कस्ता अनुभब हरु गर्नुभयो   बताइ दिनुहोस ? 

हो मैले रोजगारीको सिलसिलामा दूइ दूइ पटक बिदेश गएँ त्यहा काम गर्दा पुरै अरुको नियन्त्रणमा गर्न पर्छ भने याँहा अरुकै नोकरी गरे पनि आफ्नो स्वतन्त्रता पुर्बक काम गर्नु पर्छ । अनी बिदेशमा धेरै दुख गर्नु पर्छ स्वदेशमा कम दुख गरे पुग्छ , त्यती नै पैसा कमाउँन स्वदेसमा नै सकिने रहेछ । तर स्वदेसमा नबच्ने बिदेसमा बच्ने कारण मानसिले बिदेस भनेको मात्र हो स्वदेसमा पनि बिदेसको जस्तै बर्ष भरिको कमाइको एक मुष्ट रकम जम्मा  गरेर घर परिबारलाइ दिने हो भने कमाइ पनि बराबर जस्तै हुने  आफुलाइ लागेको छ ।  मैले भन्न पर्दा मलाइ सवारी साधन चलाउँने क्रममा देश बिदेसमा कुनै फरक अनुभब भने भएन ।  

८  हामी भुकम्प र कोराना लगाएतको समस्यामा परेका छौ यसबाट धेरै क्षती भइ सकेको छ तँपाइलाइ  के भइ रहेको  छ ?

म भुकम्प जाँदा कतार मा काम गर्दै थिए बिदेसमा गाँउमा भुकमप गयो ठुलो मात्रमा जनधनको क्षेती भयो भनेर सुन्दा मलाइ ठुलो पिडा भयो । मेले त्यस पछी लगत्तै नेपालमा आएर अब जे गरे पनि परिबार साँगै बसेर काम गर्ने भन्दै बस खरिद गरेर बस चलाउँन थाले मैले जानेको सिप पनि त्यही हो मेरो लागी यो नै राम्रो बिकल्प भयो र त्यही काम गर्न थाले ।  पछील्लो समयमा कोरनाका का।ण भने हामीलाइ ठुलो समस्यामा पारेको छ । किस्तामा ल्याएको गाडी हो ब्याज किस्ता तिर्न सकेको छैन ९महीना भइ सक्यो ब्याज समेत तिर्न सकिएको छैन । लाजै लागी सक्यो सरकारलाइ तिर्न पर्ने कर समेत तिर्न सकिएको छैन के ब्यबसाय गर्ने कसरी गर्ने भन्ने बिषयमा चिन्ता लागी रहेको छ । 

९. महामारीको अबस्थामा  कसरी सेवा दिइरहनु भएको छ ?


यसको लागि त स्वयं सचेत रही स्वस्थ्य सतर्कता अपनाउनुपर्छ । हामी जिम्मेवार नभई सरकारलाई मात्र दोष दिएर हुँदैन । आत्माबल बलियो बनाउने, अनावश्यक भिडभाडमा नजाने, जानैपरे सुरक्षाको मापदण्ड अपनाएर माक्स, स्यानिटाईजर प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, हात धुने तथा खानपानमा ध्यान दिने गर्नु पर्दछ । हामीले पनि हाम्रा गाडीहरमा स्यानीटाइजर, माकस् प्रयोग गर्न यात्रीलाइ ब्यबस्था गरेका छौ । हामीलाइ पनि ज्यानको माया छ हामी  पनि बच्न पर्छ र यात्रीलाइ पनि सुरक्षित गराउान पर्छ त्यसेले हामी  सचेत भएर सेवा सञ्चालन गरिरहेका छौ । अहिले पहीलाको जस्तो छैन आम्दानी नै छैन काठमाण्डौ बाट चौतारा आउँदा  जाँदा कम्तीमा पनि ७००० (सात हजारको) हाराहारीमा खर्च  हुन्छ पैसा भने कहीले काही त हजार पनि उठ्दैन सवार िनचलाउँ नागरिकमा बिश्वास घट्छ चलाउँ घाटामा छौ्र यस तफै सरकारले पनि केही सोच्ला भन्ने आशमा हामी रहेका छौ । 

१०. यस अबस्थामा पनि प्रतिस्पर्धामा हुनुहुन्छ कसरी काम गरिरहनु भएको छ ?

हो अहीले केही  साथीहरले प्रतिस्पर्धा गरिरहनु भएको छ । केही साथीहरुले कुरा नबुझेका पनि होइनन् तर यस्तो परिस्थीती  आएको छ । हामलिे खाशै भन्नु पर्दा अस्वस्थ प्रतिस्पर्धा गर्नु हुँदैन स्वच्छ प्रतिस्पर्धा गर्नु पर्छ । प्रतिस्पर्धाको नाममा  ब्यबस्थीत सेवालाइ तहस नहस बनाउान पाइदैन  भन्ने मलाइ लागीरहेको छ । 

११अन्तमा तपाइले भन्न छुटाएका कुरा हरु के छन् ?


अन्त्यमा लोकप्रिय दैनिकलाई धेरै धेरै धन्यवाद । सबै सजग भई कोरोना भाईरसबाट बच्न र बचाउन लागि परौँ भन्न चाहन्छु । समाजमा कोही पनि तछाड मछाड नगरौ  सबै मिलेर बसौ मिलेर  काम गरौ भन्न चाहान्छु । 


, , , , ,