बिकासकको गती बढाउँदै डडुवा


 सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४ डडुवा मा बिकासका कार्यक्रमहरु तिब्र रुपमा बढी रहेको छ । पछिल्लो समयमा प्रत्यक्ष देखीने र स्तरिय कामहरु भएकोमा डडुवाबासीहरु स्थानीय सरकार को प्रशँसा समेत गर्न थालेका छन । १४ नं वडा अध्यक्ष शेर बहादुर श्रेक्ष्ठको बिशेष पहलमा यु .एन .डि.पी.को साझेदारी सस्था जनहित ग्रामीण सेवा समिती र चैतारा साँगाचोकगढी नगरपालीकाको साझेदारी कार्यक्रम अन्तरगत खर्क डाँडा सिग्देलटोल भुलुङ्ग डाँडा कोलकाटे, सिमखेत  आँगे हुँदै हर्रे सम्म जाने बाटो मध्य हाल  खर्क डाँडा , सिग्देल टोल भुलुङ्गडाँडा सम्म ग्रावेल गर्न लागे पछी  सो क्षेत्रका  सडक प्रयोग गर्ने उपभोक्ताहरुमा खुशी छाएको छ । 


बर्षादको समयमा उकालो ओरालो बाटो र त्यही पनि सवारी साधन चिप्लने र खेती योग्य जग्गाहरुमा मल लान उब्जनी ल्याउँन समस्या परेको र स्थानीय  काँडे, पाञ्चे,आगेका बासिन्दालाइ समेत यातायातको समस्या भइ रहेको अबस्थामा यसरी सडक स्थाइ रुपले सञ्चालन हुने गरि निर्माण हुन थाले पछी स्थानीयहरुमा खुशी छाएको हो । 

यसै गरि   बहुचर्चीत कलाकार श्ेवता खड्काको श्वेता फाउण्डेशन को सहयोगमा निर्मीत भ्याडीको सिमान्तकृत नमुना बस्ती जानका लागी पनि धेरै सहज भएको छ ।

असिने , रानीटार का बासिन्दाहरुलाइ समेत सुबिधा पुग्ने गरि निमार्ण गरिएको सडक अहीले  मध्य पहाडी लोकमार्गमा जोडीएको छ । जसका कारण  नमुना बस्ती जान आउँन  धेरै सुबिधा पुगेको छ ।

साँगाचोकबाट डडुवा हुँदै हर्रे जाने मोटर बाटो पिच  भइ रहेको छ ।साँगाचोकबाट  डडुवा  हर्रे मोटरबाटो पिच गर्ने क्रममा यस बर्ष २वटा ठेकेदार कम्पनीहरुले छुट्टाछुट्ै ठेक्का लिएर काम गरिरहेका छन ।

उक्त बाटो पिच गर्नका लागी भदौरे गणेश कन्डक्शन, शान्तीदेबी कण्डक्शनले ठेक्कामा काम गरिरहेकामा भदौरे गणेश कन्डक्शनको काम पुरा भइ सकेको र शान्ती देबी कण्डक्शनको पनि काम तिब्र रुपले भइ रहेको वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

उाँहाका अनुसार सरकारले तोकेको मापदण्ड अनुसारको भदौरे गणेश कण्डक्शनले ३२५मिटर बाटो पिच गरिसकेको छ भने  शान्ती देशी कण्डक्शनले  ठेक्का लिएको ३४२ मिटर बाटो पनि सम्पन्न हुन लागेको छ ।  बागमती प्रदेसका सामाजिक बिकास मन्त्री माननीय युवराज दुलाल , चौतारा सँँगाचोक गढी नगरपालीकाका उपप्रमुख जानुका पराजुली सोही वडाका वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ लगाएतले साँगाचोकबाट डडुवा सम्म पिच भइ रहेको बाटो अनुगमन गर्दा केही ठाँउमा मापदण्डबमोजिम सामाग्री नभएकोले पुन मापदण्ड बमोजिम सामाग्री प्रयोग गरि पिच गर्ने कार्य भइरहेको छ ।

यसरी मन्त्री स्वयम स्थानीय सरकारका कामकाजहरुमा निगरानी राखी शङ्का लागेका ठाँउहरुमा अनुगमन समेत गरेर कमशल सामाग्री प्रयोग भएका ठाँउहरुमा काम रोकी स्तरीय र स्थाइत्वका लागी मापदण्ड पुगेकालाइ मात्र काम गर्न लगाएकोमा स्थानीयहरुले दुलालको खुलेर प्रशंसा गरेका छन ।  मन्त्री स्वयम आएर पिच हेर्ने ,बिकासका कामहरु हेर्ने र मापदण्ड अनुसार काम नगर्नेलाइ  मापदण्ड अनुसार काम गर्न लागाउँने  गरि अग्रसरता देखाउँनु जनपक्षीय काम भएको स्थानीय नागरिकको भनाइ रहेको छ  । 

सडक निर्माणमा थिब्रताका साथ अगाडी बढे पछी पुर्ब अरनिको यातायात सेवा प्रालीले पनि रानीटार असिने बाट नियमित यातायात सञ्चालन गरेको छ । खानेपानीको लागी लिफ्टीङ्ग खानेपानीको  योजना कार्यन्वयनमा रहेको छ भने स्वास्थ्य कार्यलय भवन निर्माण भएको छ त्यसै गरि वडाकार्यलय भवनको समेत निर्माण कार्य सम्पन्न हुन अन्तीम चरणमा पुगेको छ ।

गाँउकै पहीचान बोेकेको डडुवाभवानी शङ्कर माध्यमिक बिद्यालयको भवन समेत निर्माणको अन्तमि चरणमा पुगिसकेको छ । यस हिसाबले गाँउको बिकास तिब्र गतीमा अगाडी बढीरहेको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । 


, , , , ,