गुर्जाे के हो यसको खेती कसरी गर्न सकिन्छ जानकारी

चौतारा,कार्तिक १८ ।

बिश्वव्यापी रुपमा फैलिएको कोराना महामारीका कारण मानीसहरुलाइ चिन्तीत बनाइरहँदा नेपालमा पनि यसले ठुलो प्रभाब पारेको छ । यसको खाश गरि औषधी उत्पादन हुन सकेको छैन तर आम नागरिकहर अहिले यो महामारीबाट बच्नका लागी हरेक औषधीहरको खोजि गरिरहेका छन ।

 औषधी अहलिे सम्म नभेटिएको अबस्थामा यो रोग सँग लड्नका लागी गुर्जाे उपयाोगी जडीबुडीको रुपमा लिने गरिएको छ।  पुर्खाहरुले खेत जोत्ने  गोरुलाई बलीयो बनाउँन दुध कमी दिने भैसिलाइ बढी दुध यत्पादन गर्न र गाइ बाख्रालाइ रोग लाग्न नदीनका लागी भन्दै खुवाउँने गरिएको  गुर्जो   पछिल्लो समयमा मानीसहरुले पनि प्रयोग गर्दै आएका छन । 

यस्तो बहुमुल्य  चिजको रुपमा रहेको गुर्जाे के हो यसको खेती गर्न के गर्नु पर्छ भन्ने बिषयमा जानकारी दिनका लागी डिभिजन वन कार्यलय सिन्धुपाल्चोक जिल्ला का स.ब.अधिकृत श्री कृष्ण बहादुर थापा ले तैयार गर्नु भएको र डि.व.अ. श्रीलोकराज नेपालले सम्पादन गर्नु भएको  ब्रोसियर पर्चा  सबैको जानकारीको लागी प्रकाशन गरिएको छ । 








परिचय

नेपाली नाम (Nepali  Name) :  गुर्जो

स्थानिय नाम(Local  Name):  गुर्जो, गुर्जलठ्ठी, गुईची, सुदर्शन, अमृता आदि 

अन्य भाषी नाम (Different Languages Name):  अमृतसिखा, अमृता (संस्कृत), 

गिलोय, गुर्च, जिवन्ती, तिक्तपर्वन, (हिन्दी),अमृत वेल(मराठी), गुलाछा (बंगाली) आदि ।

अंग्रेजी नाम  (English Name):  गुर्जो वा हर्ट लिभ्ड मुनसिड-Gurjo or Heart Leaved

Moonseed)

वैज्ञानिक नाम (Botanical Name) :  टिनोस्पोरा कर्डीफोलिया–छोटोपाते गुर्जो÷ 

टिनोस्पोरा साईनेन्सिस–लामोपाते गुर्जो]{(Tinospora cordifolia/T. sinensis)

वानस्पतिक परिवार(Botanical Family) : रुटेसी(Rutaceae)


गुर्जो उचाई ४ देखि ६ मिटर र डाँठको गोलाइ ५ से.मी. सम्म हुने बहुवर्षीय लहरा प्रजाति (Perennial climber species) हो । यो उपयुक्त स्थान र आड लाग्ने अन्य बोटविरुवा पाएमा २५ मिटर सम्म लामो वा अग्लो सम्म भई फैलन सक्दछ । यो सुक्खा स्थानमा पनि डाँठ, पात, बोक्रा तथा जरामा समेत प्रशस्त पानी जम्मा गरी राख्न सक्ने  (succulent),  झाडीयुक्त(shrubby), , पतझड(deciduous) खालको हुन्छ । यो प्राःय केही छाँयादार स्थानमा अन्य खडा र काण्ड भएका रुख विरुवाभएको स्थानमा आड लिएरतिनमा बेरिंदै हुर्कन बढ्न मन पराउँदछ । पौराणीक कथाका अनुसार लंकामा राम र रावणको लडाई हुँदा रामका सयौं बाँदर रावणबाट मर्न गए र रामले तिनलाई ब्यूताउन अमृत बर्षा गराए जस पश्चात सबै बाँदरहरु जीबित भए । यसरी अमृत बर्षा हुँदा जुन जमीनमा अमृतका थोपाहरु पर्न गए त्यहीबाट एक वनस्पतिको उत्पत्ति भयो जुन नै गुर्जो हो । यस किंवदन्ती अनुसार यसको नाम संस्कृतमा अमृता रहन गयो । नेपालमा यसलाई गुर्जो र अन्य स्थानमा अन्य नामले चिनिन्छ । गुर्जोको काण्ड, हाँगा शुरुमा हरियो र छिप्पिदै गएपछि फुस्रो हुँदै जान्छन् । यसको पात साधारण खालको र डाँठ वा लहराको दायाँ बायाँ हुने गरी(altenatively)विकास भएको हुन्छ । यसको पात पानको पातसँग मिल्दोजुल्दो हुन्छ ।

पातको माथिल्लो सतह गाडा हरियो (dark green) र तल्लो सतह केहि फुस्रो(fade brown)खालको हुन्छ ।भारतमा ४ प्रजातिका गुर्जो पाईन्छ भने नेपालमा २ प्रजाति । गुर्जोका २ प्रजातिमा छोटोपाते](Tinospora cordifolia)को पात ३–७ से.मी. लामो, फल रातो(red)  र सानो झुप्पामा हुन्छ भने लामेपाते](Tinospora sinensis)को पात १०–१५ से.मी. लामो र फिका रातो (crimson red) र ठूलो झुप्पामा हुन्छ । यसको फुल फाल्गुण(February)  मा फुल्ने र अषाढ(june)मा फल्ने गर्दछ । यसको परागसेचन  (pollination) कीराबाट हुने(entomophilous)खालको हुन्छ । फूलमा ६ वटा पत्रदल वा सेपल्स (sepals)२ वटा तह (series)kप्रत्येकमा ३÷३ वटा रहने गरी पाईन्छ र भित्रको तह भन्दा बाहिरको सानो हुन्छ । यसै गरी ५ वटा फुल दल वा सेपल्स(petals)  हुन्छन् ।यो विरुवाको प्रजाति एकलिङ्गी डायोसियस् (Unisexual as Dioecious)  खालको हुन्छ अर्थात एउटै प्रजातिको केही बोटको फूलमा भाले प्रजनन अङग मात्र हुने वा पोथी अंग नहुने र केही बोटको फूलमा चाँहि पोथी प्रजनन अङग मात्र हुने वा भाले अंग नहुने गर्दछ ।फूल पात झरेको समयमा हिउँदमा देखा पर्दछ र रङ्ग 

हरियो पहेलो ] (yellow-green)  खालको हुन्छ । भाले फूल झूप्पा ९अगिकतभच० मा हुन्छन भने पोथी फूल एक्ला एक्लै हुन्छन् । फूलहरु २–३ वटा झूप्पा (क्लस्टर) मा एकत्रित हुन्छन । फूल पुरानो डाँठमा फूल्ने गर्दछ । डाँठमा नै हवाई जरा(aerial roots) विकास भई तल भुई सम्म आएर पनि  गड््रने गर्दछ । रुखमा बेरिएर रहँदा काण्डबाट निस्केका स–साना जरा सहारा लिएको रुखको काण्डमा प्रविष्ट गराई त्यहाबाट आफ्नो खानेकुरा लिन सक्ने भएकाले यो परजिवी (parasitic)  प्रकृतिको पनि हुन्छ । कलिलोमा डाँठ निकै न हरियो हुन्छ र छिप्पदै जाँदा यसको पातलो बोक्रा फूस्रो र खैरो हुँदै जान्छ । फूस्रो र खैंरो पातलो बोक्रालाई कोट्याएर हे¥यो भने भित्रको बाक्लो बोक्रा हरियो नै हुन्छ र यसभन्दा भित्रको डाँठ फिका सेतो खालको रेसादार हुन्छ जसलाई कुटेर रेसा रेसा छुट्टाई सुकाएर राखिन्छ । कलिलो मुन्टालाई औंलाले थिच्दा च्याँप च्याँप लाग्ने रस निस्कन्छ ।  

वितरण तथा वासस्थान  (Distribution & Habitat)

यो प्रजातिको वितरण पूर्वी एसिया (नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान), दक्षिण चीन, भियतनाम, कम्वोडिया सम्म फैलिएको छ । यो भारतीय उप–महाद्धिप  (Indian sub-continent)  को रैथाने(indigenous)  प्रजाति हो । विश्वमा गुर्जो(Tinospora)  का ३२ प्रजातिहरु पाईन्छन् जसमध्ये भारतमा ४ र नृपालमा २ प्रजाति पाईन्छन् ।

यो प्रजाति सदाबहार जंगल (Evergreen forest) तथा झाडीदार वन(scrubs)  मा पाईन्छ र समुन्द्र सतहबाट ८०० मीटरको उचाईसम्म राम्ररी फस्टाउँदछ भने फाटफुट रुपमा १४००–१५०० मीटर सम्मको उचाई भएको धरातलसम्म पनि देखीने र खेती बिस्तार गर्न सकिने हुन्छ ।

यो समथर स्थलको निच वनस्पती बिहिन पबित्र वन (sacred grooveusually with no under growth) मा समेत पाईन्छ ।

यो   नेपालमा तराई तथा मध्य पहाडका सवै जिल्लाहरु र हिमाली जिल्लाहरुका पनि बेंसी खोचहरुमा यसको बासस्थान रहने र खेती विस्तार गर्न सकिन्छ । यसैगरी सिनधुपाल्चोक जिल्लामा सुनकोशी, ईन्द्रावती, बलेफी खोला कोरीडोर क्षेत्र तथा जिल्ला सदरमुकाम चौतारा सम्मको उचाई भएको क्षेत्रमा पाईने र यी क्षेत्रमा यसको खेती बिस्तार गर्न सकिन्छ ।

गुर्जोको प्रसारण (Propagation of Gurjo)

गुर्जोको प्रसारण बीउ तथा कलमी दुवैबाट गर्न सकिन्छ ।

१. बीउवाट (From Seed)

गुर्जोको फूल हरेक वर्ष चैत्रदेखि जेष्ठ महिनासम्ममा फुलिसक्दछ र जेष्ठ अन्त्य देखि अषाढ महिनामा फल लागिसक्दछ र गुर्जोको फल पुष माघसम्म पाकेर संकलन गर्न योग्य हुन्छन् । रुखमै पाकी रातो भएको फल जमिनमा झर्नुभन्दा अगावै हातले टिपी संकलन गर्दा राम्रो हुन्छ । यसरी ंकलन भएको बीउ सकेसम्म चाँडो नर्सरी ब्याडमा छर्नु पर्दछ । बीउको लागि गुर्जो को फल निकाली रुखबाट टिपिसकेपछि एकदुई दिनसम्म हल्का घाम वा छायाँमा सुकाई फलबाट बीउ निकाल्नुपर्दछ । असल वा राम्रो बीउको आकार ठुलो, दाना पोटिलो, रोग तथा किराले आक्रमण नगरेको हुनुपर्दछ ।यसको प्रशारण बिउबाट बिरुवा उमारेर मल, माटो र बालुवा मिसिएको मिश्रण माटो भरेको पोलिथिन थैलामा स्थान्तरण (transplant)गरी करीब ६ वा सो भन्दा बढी ईन्च अग्लो भएपछि खेतबारी, वन, जंगलमा  १ फिट × १ फिटको खाडल खनी रोपण गर्न सकिन्छ ।

२. हाँगा कटिङ्गवाट(From Branch Cutting)

हरेक वर्ष मंसिर देखि माघ महिनामा गुर्जो को सिसा कलम साइजको, रोग किरा नलागेको, सकभर १ वर्ष र बढीमा २ वर्ष पुरानो हाँगाबाट १५ से.मी. वा ६ इन्च लामो र २–४ वटा आँख्ला पर्ने गरी कटिङ्ग वनाउनुपर्छ । कटिङ्ग तयार गर्दा माटोमा गाड्ने भागमा समतल र हावामा रहने भागलाइ छड्केपारी एकै पटकमा धारिलो हतियारले काट्नु पर्दछ । कटिङ्ग रुटेक्समा चोपी मल, माटो र बालुवा मिसिएको मिश्रण माटो भरेको पोलिथिन थैलामा सारेर हुर्काई बढाई ४ भन्दा बढी पात पलाएपछि खेतबारी, वन, जंगलमा  १ फिट × १ फिटको खाडल खनी वर्षायाममा रोपण गर्न सकिन्छ ।


खेती विस्तार (Cultivation Practice)

विश्वमा कोरोना भाईरसको महामारी पश्चात गुर्जोको व्यापार, उपयोग, प्रयोग तथा माग बढ्दै गएको हुनाले यसको व्यावसायीक रुपमा खेती गर्नु आवश्यक देखिन्छ । हिउँदमा ठण्डा र गर्मीमा न्यानो हावापानी हुने उत्तर पूर्वी मोहडाका क्षेत्रहरु व्यवसायीक खेतीको लागि उत्तम मानिन्छ । गुर्जोको खेती सफल रुपमा बीऊ र कलमीबाट गर्न सकिन्छ । पातबाट प्रशाारण गर्न सकिने विषयमा अध्ययन र फिल्ड अभ्यास हुनु जरुरी छ । हाल नर्सरीमा कटिङ्गबाट जरा उत्पादन गरी निकालिएको विरुवा पनि रोपण कार्य हँुदै आएको छ । 

प्राकृतिक वासस्थानमा यसको प्रसारण बीऊबाट नै हुन्छ । यसको खेतीको लागि त्यती ठुलो प्राविधिक ज्ञान र धनराशिको आवश्यकता नपर्ने हुनाले श्रृजनशिल निम्न तथा मध्यम वर्गका किसानहरुले पनि यसको खेती सजिलै गर्न सक्दछन् । चिसोपना भएको र हुर्कदै जाँदा सपोर्ट हुने अन्य रुख विरुवा भएको जमिनमा यसको खेती गरेमा सफलता पाउन सकिन्छ । 

बृक्षारोपण गर्दा एक वर्ष पुरानो गुणस्तरयूक्त गुर्जोको विरुवा ३० से.मी.×३० से.मी.×४५ से.मी. नाप साइजको खाडलमा सपोर्ट दिने सुनिश्चित भएको स्थानमा ४ मीटर×४ मीटरको फरकमा वर्षा याममा रोप्न सकिन्छ । रोपेको गुर्जोको वरिपरि पानी जम्न नदिन कुलेसोको ब्यवस्था गर्न सके राम्रो हुन्छ । रोपेको विरुवालाई पहिलो वर्ष २–३ पटक, दोस्रो वर्ष २ पटक र तेस्रो चौथो वर्ष १÷१ पटक गोडमेल गरेर कम्पोष्ट तथा गोबरमल राखिदिएमा राम्ररी विकास हुन्छ । यसरी वृक्षारोपण भएको २ देखि ३ वर्षमा गुर्जो ले फल दिन थाल्दछ । 

आयूर्बेदीय चिकित्सा पद्धतीको स्वर्ग मानिने भारतमा धेरै अगाडीदेखी यसको घर घरमा खेती बिस्तार गरिएको भएपनि नेपालमा प्राकृतिक रुपमा नै यसको स्व–बिस्तार भईरहेको र त्यसैलाई  नै मानिसले आबश्यक परेको बखत संकलन गरी प्रयोग गर्ने गरेको पाइन्छ  ।

गुर्जो  संकलन तथा भण्डारण(Gurjo Collection & Storage) 


गुर्जो संकलन (Gurjo Stem/Climber Collection) 

गुर्जोको मुख्य उपयोगी भाग भनेको डाँठ नै हो । कलिलो मुन्टा र लहरा सेवन नगर्दा राम्रो हुन्छ । एक वर्ष पुरानो डाँठ संकलन गर्नु राम्रो हुन्छ । संकलन गरिएको डाँठलाई धोईपखाली गरी धारिलो हतियारले १–२ ईन्च लामो टुक्रा पारेर काट्नु गर्नुपर्छ । यसरी तयार भएको डाँठलाई पातलो बोक्रा फाली ओखलमा कुटेर तत्कालै पनि प्रयोग गर्न सकिन्छ । तत्कालै प्रयोग नगर्ने भएमा भण्डारण गरी राख्नु पर्दछ ।

यसको फल गाढा रातो भएर पाकेपछि मात्र संकलन गर्नु पर्छ र पुनर्उत्पादनको लागि कम्तिमा २०% फल संकलन नगरी वोटमा नै छाडिदिनु पर्छ । फल संकलन गर्दा रुख वा हाँगा नकाटी हातैले टिपेर वा भुइँमा प्लाष्टिक बिछ्याई लठ्ठीले बिस्तारै हानेर झार्नु पर्दछ ।

गुर्जो भण्डारण(Gurjo Storage)

सङ्कलन गरिएको डाँठ राम्रोसँग सरसफाई गरी सुकाएर भण्डारण गर्नु उपयुक्त हुन्छ । भण्डारणका वेला चिसोको मात्रा बढी भएमा त्यसको गुणस्तरमा ह्रास आउने हुँदा पूर्णरुपमा पानी वा चिसोको मात्रा हटाउनका लागि सरसफाई पश्चात घाममा १ देखि २ दिन र छहारमिा ३ देखि ५ दिनसम्म सुकाउनुपर्छ । यसरी सुकाई सकेको गुर्जो पातलो जुटको वोरामा सुरक्षित राखी हावा ओहोर दोहोेर गर्ने कोठामा भण्डारण गर्नुपर्दछ । 

गुर्जोकोउपयोग (Uses)

मानिसका लागि गुर्जोको प्रयोग हुने प्रमुख भाग भनेको छिप्पिएको डाँठ नै हो तापनि यसको बोक्रा, जरा र पात पनि आयुर्वेदिक औषधी उपचारमा प्रयोगमा ल्याइनर््छ । यसको प्रयोग होमियोप्याथि उपचार पद्धतिमा समेत हुने गरेको छ । यसको संकलन ठाऊँ अनुसार फरक फरक समयमा गरिने भएतापनि हिउँदमाफल पाकेर झरेपछि गर्दा राम्रो हुन्छ । यद्यपी आवश्यकता परेको खण्डमा जुनसुकै बेला पनि संकलन गरी उपयोग गर्न सकिन्छ ।

भाईरस, व्याक्टेरिया, ढुसी प्रतिरोधक (anti-viral, anti-bacterial & anti-fungal)  तथा अक्सिडेन्ट प्रतिरोधक (anti-oxidant) गुणहरु (properties)  भएको गुर्जोको प्रयोगलाइ निम्न लिखित तरिकाले उल्लेख गरिएको छ–  

मधुमेह(dibeties) उच्च कोलेस्टेरोल (high cholestorel), उच्च ज्वरो (high fever), , पेट दुख्ने (stomach ache)बअजभ०, युरीक एसिड बढ्ने (gout),  हेपाटाइटिस्(hepatitis),  अल्सर (peptic ulcer), जोर्नी दुख्ने] (rheumatic artheitis), , कलेजो ह्रास (lever damage) जस्ता रोगहरु निको पार्न यसको उपयोग गरिन्छ ।

रोगसँग लड्ने शरिरको प्रतिरोधात्मक शक्ति बढाउन (boost immune system)  यसको महत्वपूर्ण भूमिका रहने भएकाले कोरोना जस्तो सजिलै संक्रमण हुन सक्ने घातक महामारी विरुद्ध लड्न यसको सेवन गर्नुपर्ने आयूर्वेदिक चिकित्सकहरुको राय रहेको छ  र यसको सेवन गर्ने मानिसहरुले पनि यसले फाईदा गरेको बताउँदै आएका छन् ।

यसलाई उमेर रोक्ने (antiaging)  काममा टपटेन मध्ये एक मानिन्छ । गुजरातको आयूर्वेदिक विश्व विद्यालयमा जीवको आयू वा जीवनचक्र बढाउन सकिन्छ की सकिदैन भनी झिँगा वा माखामा भएकोअनुसन्धानमा२५ – ३० दिनको आयू हुने झिगामा गुर्जो पाउडर प्रयोग गर्दा यसको आयू ८० दिन सम्म भएको पाईएकाले उमेर रोक्ने(antiaging)काममायो अत्यन्तै उपयोगी हुनेपाईएको छ । 

बहुउपयोगी गुर्जो छारेरोगका विरामीलाई स्वस्थ्य राख्न, भाँचिएको हड्डी जोड्न, मुत्ररोग निको पार्न, रगत गन्ध भएमा सफा गर्न, रगतका प्लेटलेट्सहरु बढाउन, प्यास लागिरहने रोग निको पार्न, कुनै पनि कारणले हुने उल्टी, अरुचीमेटाउन, खाना नपचेमा पचाउन, कलेजोको रोग निको पार्न, मासिक श्राव गडबढी भएमा नियमीत गर्न,क्यान्सर टि.बी जस्ता 

रोग निको पार्न, मानसिक बिकार कम गर्न समेत उपयोग गरिन्छ ।

गुर्जोलाई कुनै हानी नोक्सानी नपु¥याई यसको तन्तुहरु (tissues)  मा थुप्रै प्रकारका ईन्डोफाईटिक ढुसीहरु (endophytic fungi)  बास गरेका हुन्छन् । यी मध्ये निग्रोस्पोरा स्फेइरिका(Nigrospora sphaerica) नामको ढुंसीको सारतत्व (extracts)बाट किरा जस्तो पाते मोथ(Spodoptera litura) नियन्त्रण गर्न किटनासककोरुपमाप्रयोग गर्न सकिन्छ ।

भारतमा यसलाई राष्ट्रिय औषधी बनाउने तयारी भैरहेको छ । 


गुर्जो उपयोग गर्ने तरिका(Method to Use Gurjo)

बजारमा पाईने गुर्जोको रस प्रयोग गर्नु भन्दा यसको डाँठबाट आफैंले रस वा काडा तयार गरी सेवन गर्नु राम्रो हुन्छ किनकी बजारमा पाईने जुसमा नसडोस् भनेर विभिन्न किमिका प्रिजर्भेटिभहरु र रसायनहरु प्रयोग गरिने साथै फैक्ट्रीमा फलामको मेशिनमा पिसिने भएकाले पोषक तत्वमा ¥हास आई कम प्रभावकारी हुन्छ ।माथि उल्लेखित रोगहरु निको पार्न मुखबाट खाने औषधी ३०० एम जि (Mg)  को झोल दिनको ३ पटक ८ हप्तासम्म खानुपर्दछ ।

यसको चुर्ण प्रयोग गर्ने भए एक पटकमा ३–५ ग्राम, काडा तयार गरी उपयोग गर्ने भए ४०–८० मिली लिटर 

बढीमा १०० मिली लिटर सेवन गर्नुपर्दछ ।चुर्णलाई घिउसँग सेवन गर्दा पेटमा ग्याँस र बाथ कम गर्दछ । कालो मरिच र त्रिफला मिसाएर पत्ताको रस सेवन गरेमा जण्डिस रोग निराकरण गर्न सकिन्छ । ज्यादै जाडोमा यसको रस सेवन गर्दा शरिरको तापक्रम बढ्दछ जसले गर्दा बढी न्यानो कपडा लगाउन र ओढ्न पर्र्दैन । यसका साथै रस कानमा राख्दाफाईदा पुग्दछ र पिएर सेवन गर्दा भोक समेत बढाउदछ ।यसको काँडा वनाउँदा चित्रमा देखाए जस्तै ढुंङगाको ओखलमा १–२ ईन्च लामो हुने गरी काटेर धोईपखाली सफा गरेको डण्डी वा टुक्रा, सानो टुक्रा अदुवा, एकदाना मरिच राखेर पिनेर त्यसलाई रातभर सफा पानीमा भिजाई राखीभोलि विहान उमालेर ४ भागमा १ भाग हुने गरी सुकाएर सेवन गर्दा बाथ, पित्त र कफ तिनै बिमारीका लागि अति उपयोगी हुन्छ । यसको रस तितो हुने भएकाले मह वा मिश्रीसँग मिसाएर खान सकिन्छ । एक के.जी. कुटेको धुलोबाट ४ लीटर पानी तयार हुन्छ । तयारीका अन्य विकल्प नभएमा तितो सहन गर्न सक्ने मानिसले सफा डाँठलाई टोकेर पनि सेवन गर्न सक्छन् । 


गुर्जोउपयोगमा सावधानी(Precaution to Use Gurjo)

यसको प्रयोग सदियौं देखी हुदै आएको र ८ हप्ता भन्दा कम प्रयोगमा फलदायी भएपनि सो भन्दा बढी प्रयोग गर्दा के हुन सक्छ जानकारी भएको अबस्था छैन । 

यसको प्रयोग गर्भ अवस्था र सुत्केरी अवस्थामा फाइदाजनक छ वा छैन अध्ययन हुन बाँकी रहेकोले यस समयमा प्रयोग नगर्दा उपयुक्त हुन्छ ।

रगतमा चिनीको मात्र घटाउने भएकोले चिनीको मात्रा कम हुने मानिसलाई डाक्टरको सल्लाह बेगर सेवन गर्नु हुँदैन ।

सरजरी गनुपर्ने विरामीले सरजरी गर्नु अघि र पछि कम्तिमा दुई हप्ता सम्म प्रयोग नगर्दा बेस हुन्छ । प्रयोग गर्नुपरेमा डाक्टरको सल्लाह लिनु अनिवार्य हुन्छ ।

नवजात तथा साना बच्चालाई २५० मिलि भन्दा बढी सेवन गराउनु हुदैन ।

खोकी, पेटको रोग,अर्थोराइटिस्आदि भएका बिरामीले डाक्टरको सल्लाह लिएर मात्र सेवन गर्नु राम्रो हुन्छ । 

प्रतिरोधात्मक क्षमता राम्रो भएको मानिसले सेवन गर्न जरुरी पर्दैन । 


प्रमुख रासायनिक तत्व (Major Chemical Ingredients)

गुर्जोमा पाइने विभिन्न रासायनिक तत्वहरु मध्ये केही एन्टी अक्सिडेन्ट (Anti oxident),  एन्टी भाईरल(Anti viral), , एन्टी ब्याक्टेरियल(Anti bacterial),एन्टी फंगलल(Anti fungal)र केही प्रतिरोधात्मक क्षमता बढाउने (boost immune systemखालका हुन्छन् ।

टिनोस्पोरा साईनेन्सिस्ना(Tinospora sinensis) मक गुर्जोमा पाइने रासायनिक तत्वहरु 

म्याग्नोफ्लोराइन(Magnoflorine), बर्बेराइन(berberine),,टिन्पेस्पोरीसाइड(tinosporicide),   मेनिस्पर्मासाइड (menispermacide), , पाल्माटाइन(palmatine),  ंमालाबारोलाइड (+ malabarolide)     तथा टिनोसिनेन {(tinosinen  I) .

टिनोस्पोरा कर्डिफोलिया (Tinospora cordifolia) नामक गुर्जोमा पाइने रासायनिक तत्वहरु 

कोलम्बिन(Columbin),  टिनोस्पोरासाईड(tinosporaside),  ज्याट्रोराइजीन (jatrorhizine),  पाल्माटाइन (palmatine), बर्बेराइन (berberine),  टेम्बेटेराइन (tembeterine),  टिनोकर्डीफ (tinocordif), , ओलियोसाइड(olioside),  फिनाइलप्रोपिन डाइस्याकाराइड्स (phenylpropene disaccharides), कोलिन  (choline),  टिनोस्पोरिक एसिड  (tinosporic  acid), टिनोस्पोरल (tinosporal)  तथा टिनोस्पोरन(tinosporon)  आदि ।



नीतिगत÷कानुनी व्यवस्था(Policy/Legal Status)

विश्व संरक्षण संघको रातो सूची (Red List)तथा वन्यजन्तु तथा वनस्पतिहरुको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन गर्न भएको महासन्धी साइटिस्को अनुसुचीमा समाबेश भएको छैन । नेपाल सरकारले खेती तथा अनुसन्धानको लागि प्राथमिकता क्रममा राखेका १२ वटा जडिवुटीहरु भित्र यो प्रजाति पनि रहेको छ । यो प्रजाति नेपाल सरकारको संरक्षण सुचीमा रहेको छैन ।नेपाल सरकारको वन नियमावली, २०५१ (संशोधन सहित) को अनुसुची–३ मा उल्लेख भए अनुसार प्रति के.जी. रु. ५।— राजस्व वुझाई राष्ट्रिय वनबाट संकलन र निकासी गर्न सकिन्छ । विदेश निकासीका लागि उल्लेखित दस्तुरको तेब्बर दस्तुर लाग्ने समेत उल्लेख छ ।


बजार व्यवस्थापन(Market Management)

गुर्जोको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत निकै राम्रो माग रहेको देखिन्छ । स्थानीय वजारमा गुर्जो फलको मुल्य प्रति के.जी. रु. ५००० देखी६००० र तेलको प्रति लिटर रु. ५०००देखी७००० रहेको छ । एमेजन, अलिबाबा डट कम(Amazon, Alibaba.com)आदिजस्ता कम्पनीहरुले प्रति के.जी. अमेरिकन डलर १ (एक) सयमा विक्री गर्ने गरेका छन् । गुणस्तर कायम राखी उचित मूल्य पाउनको लागि अन्य कुनै मिसावट गर्नु हुदैन । लामो समयसम्म राख्दा गुणस्तर घट्ने हुँदा बजारको राम्रो जानकारी हासिल गरी सकेसम्म चाँडो बिक्रीवितरण गर्नु पर्दछ । यसको उचित मूल्य प्राप्त गर्नको लागि बिक्रीवितरण गर्नुभन्दा पहिले स्थानीय बजार मूल्य थाहा पाउनु राम्रो हुन्छ । नेपालमा अन्य गुर्जोको बजारभाउ स्थिर नहुन सक्छ हुँदैन । तत्काल चाहेको मूल्यमा नबिकेमा भण्डारण गरी राख्न सकिने भएकाले बजार भाऊ उचित हुनसाथ बिक्री गर्न सकिन्छ ।  नेपालमा तराई, बेशी र मध्य पहाडी क्षेत्र यसको उर्वर भूमी भएकाले व्यवसायीक उत्पादन र मूल्य अभिबृद्धी गरी फाईदा लिन सकिने प्रशस्त संभावना रहेको छ ।

दिगो व्यवस्थापन(Sustainable Management) 

 

परम्परादेखि नै गुर्जो  बहुउपयोगी भएको र आधुनिक युगमा यसको प्रयोगमा भएको बिबिधिकरणका कारण हुँदै गएको बढ्दो मागले गर्दा वन क्षेत्रवाट जथाभावी वा निर्दयी तरिकाले संकलन भैरहेको छ । संकलन र प्रयोगमा मात्र केन्द्रित भइ संरक्षण, प्रजनन् तथा प्रसारणमा उपेक्षा गरिएको यथार्थ छ ।दिगो उत्पादनको लागि फल सङ्कलन गर्दा माऊ रुखको पुनरुत्पादन र वृद्धिलाई ध्यान दिनु पर्छ । दिगो उत्पादनको लागि फल सङ्कलन गर्दा माऊ रुखको पुनरुत्पादन र वृद्धिलाई ध्यान दिनु पर्छ । फल संकलन गर्दा पुनर्उत्पादनको लागि कम्तिमा २०% फल वोटमा नै छाडिदिनु पर्छ । दिगो व्यवस्थापनका लागि आगलागि तथा चोरी कटानीवाट वचाउनुका साथै वन क्षेत्र तथा नीजि आवादीमा समेत खेती विस्तार गरिनु पर्दछ । नेपाल सरकारले खेती विस्तार र अनुसन्धानको लागि अन्य विभिन्न ११ वटा जडिबुटी लगायत यो प्रजातिलाई समेत प्राथमिकतामा राखेको छ ।




सिन्धुपाल्चोक जिल्लामा गुर्जो  प्रवद्र्धन(Gurjo Promotion in Sindhupalchowk District)

प्राकृतिक वासस्थानमा यसको उपलब्धता फाटफुट अवस्थामा देखिन्छ । हाल बिश्वमा फैलिरहेको कोरोना भाईरसको माहामारीबाट बच्न मानिसको शरीरको प्रतीरोधात्मक क्षमता (immunity)बढाउनु पर्ने र गुर्जो लहराको चिया वा टुक्रा पानीमा डुबाई रस सेवन गर्नाले उक्त क्षमता बढ्न जाने कुरालाई आयूर्वेद विज्ञ र सञ्चार माध्यमहरुले प्रशारण गरेकोले आम मानिसहरुको यसको सेवन प्रति ध्यान बढेको छ र खोजी खोजी प्रयोग गर्न समेत थालेको आवस्था भएकाले डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले पनि आ.व. २०७७÷०८८ देखी यसको खेती बिस्तारमा जोड दिने लक्ष्य लिएको छ । यस जिल्लामा गुर्जोको दिगो ब्यवस्थापनको लागि डिभिजन वन कार्यालयले सरकारी तथा निजी स्तरमा सञ्चालन भएका नर्सरीहरुमा गुर्जोको विरुवा उत्पादन गर्न प्रोत्साहन गरी सामुदायिक वन, कबुलियती वन तथा निजी जग्गामा रोपण गर्ने लक्ष्य लिएको छ । जडिबुटी विकास कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूह तथा कबुलियती वन समूहको सहकार्यमा सामुदायिक वन र कबुलियती वन क्षेत्र तथा कृषकहरुको निजी आवादी जग्गामा समेत गुर्जो  खेती विस्तार कार्यको थालनी गरिने भएको छ । नेपाल सरकारको जडिवुटी विकास नीति, २०६१ अनुसार खेती तथा अनुसन्धानको लागि प्राथमिकता क्रममा परेका १२ वटा जडिवुटीहरु जस्तै– पाँचऔंले, कुट्की, चिराईतो, जटामसी, सुगन्धवाल, लौंठसल्ला,सर्पगन्धा, कुरिलो, पिपला, सुगन्धकोकिला र गुर्जोको खेतीविस्तार तथा अनुसन्धानका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू–संरक्षण विभागले जडिबुटी विकास कार्यक्रमलाई प्राथमिकताकासाथ लागु गरेको छ भने आ.व. २०७५÷०७६ देखि प्रदेश सरकारबाट स्वीकृत राष्ट्रिय वन संरक्षण र व्यवस्थापन कार्यक्रम अन्तर्गत जडिबुटी विकास कार्यक्रमले समेत विभिन्न प्रजातिको प्राकृतिक वासस्थान संरक्षण र खेती विस्तारमा जोड दिएको छ । हाल डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले पकेट क्षेत्र पहिचान गरी गुर्जो  लगायतका जडिबुटीको खेती विस्तार गरी आय आर्जन गराउने हेतुले अन्य सरोकारवालाहरुको समेत सहयोग र समन्वयमा गुर्जो लगायतका जडिबुटीहरुको संरक्षण, खेति विस्तार र दिगो व्यस्थापनमा प्राथमिकता दिई कार्य गरिरहेको छ । 



, , , , , ,