जवरजस्ती करणी मुद्दामा फरार तामाङ पक्राउ

चौतारा ।

जवरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी २ बर्ष पछि पक्राउ परेका छन् । 

२०७६ साल जेष्ठमा जवरजस्ती करणी उद्दोगको वारदात घटाईस्थलबाटै फरार रहेका सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका नं. ३ धुस्कोट बस्ने बर्ष २७ को जयराम तामाङलाई प्रहरीले सोमबार प्रकाउ गरेको े जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाका सुचना अधिकारी प्र.ना.उ प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

 जिल्ला प्रहरी कार्यालयको निरन्तर खोजतलास गर्ने क्रममा यहि मंसिर ६ गते प्रतिवादीलाई भक्तपुर जिल्ला मध्यपुरठिमी न.पा. वडा नं. ७ स्थितमा लुकिछिपी हिडिरहेको अवस्थामा कार्यालयबाट खटीएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको थियो । 

प्रकाउ परेका प्रतिवादी तामाङलाई सोमाबार सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएएको सुचना अधिकारी सापकोटाले जानकारी दिनुभयो । 

,