उत्पादनमुलक कामगर्नेलाइ वडाबाट सहयोग हुने श्रेष्ठ


बाँझो रहेको जग्गा लाइ सदुपयोग गरि उत्पादनमुलक काम गर्ने जो कोहीलाइ पनि चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४ले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ ।




उँहाले उक्त कुरा बिहीबार डडुवानमा आयोजित  बाँझो जग्गाको प्रयोग गरि उत्पादनमुलक काममा लागौ,किण्विन खानाको प्रयोग गरि खाद्यको संरण गरौ भन्ने बिषयमा भएको एक दिने सचेतनामुलक  कार्यक्रमको प्रमुख अतिथीका तर्फबाट बोल्दै यस्तो बताउँनु भएको हो ।  खाद्यबस्तुको संरक्षण गरौ सन्तुलित आहारको बानी बसालौ भन्ने मुल नारा का साथ किण्विन खाना सम्बन्धी  गरिएको सचेतनामुलक  कार्यक्रममा उँहाले खाद्यन्नको सही तरिकाले प्रयोग गर्न सके मात्र शरिर स्वस्थ्य रहने र यसको गलत प्रयोग गरिएको खण्डमा रोग पनि लाग्न सक्ने भएकाले खाद्यन्नको सही प्रयोग गर्न पर्ने बताउँनु भयो ।  खाद्य प्रबिद्धीमा अध्ययनरत बिद्यार्थीहरुलाइ केन्द्रीत गरि घरघरफुड नेपालले आयोजना गरेको रेफ्ट नेपाल हिरो च्यालेन्ज २०२०मा खाद्य संरक्षण दिगो लक्ष्य र शुन्य भोकमारीलाई मुख्य  नजर गरि यो कार्यक्रम गरिएको कार्यक्रम सञ्चालिका  अन्जना नेपालले सो अबशरमा जानकारी गराउँनु भयो । कार्तीक २०गते डडुवामा भएको उक्त कार्यक्रममा डडुवाका वडा सदस्यहरु,लगाएत बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सञ्चालीका नेपालले  सुक्ष्म जिबनहरुको कार्यद्धाराउत्पादित वा संरक्षीत खाद्य बस्तुहरुलाइ नै किण्विन  खाना हो भन्नु भयो । जस्तै गुन्द्रुक, सिन्की, तामा, दही , अचार,लगाएत एस खानामा पर्ने गरेका छन । यो खानाको प्रयोग गरेमा स्थानीय स्तरमा नै उत्पादन गर्न सकिने पोष्टीकयुक्त खानेकुरा पाइने समेत सहभागीहरुले बताएका थिए । 


, , , , ,