क्यान्सर पिडीत श्रेष्ठको लागि १ लाख ८५ हजार सहयोग

चौतारा, कार्तिक २१ । 

क्यान्सर पीडित चौतारा साँगाचोकगढी नगरपालिका–५ की गुणकेशरी श्रेष्ठको उपचारको लागि एकीकृत अखिल नेपाल शक्षक संगठन चौतारा साँगाचोकगढी नगरपालिका नगर कमिटिको अगुवाईमा संकन गरिएको १ लाख ८५ हजार ९ सय १० सहयोग हस्तान्तरण गरेको छ ।


क्यान्सर पिडीत श्रेष्ठको आर्थिक सहयोगार्थ अभियानमा संकलन भएको उक्त शुक्रबार श्रेष्ठकै निवासमा पुगेर रकम हस्तान्तरण गरिएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य बद्रीप्रसाद नेपाल र नगर कमिटिका ताराबहादुर श्रेष्ठबाट संयुक्त रूपमा उहाँको निवासमा नै  सो रकम  हस्तान्तरण गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला सदस्य तारादेवी रानाले जानकारी दिनुभएको छ । सोही संगठनको सदस्य रहनुभएको पीडित श्रेष्ठ कालीदेवी आधारभूत विद्यालय ठूलोसिरुवारी की प्रध्यानध्यापक हुनुहुन्छ । उहाँ स्तन क्यान्सरको ६ महिनादेखि उपचारर्थ हुनुहुन्छ ।

उक्त अभियानको नेतृत्व भने एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुपाल्चोकले गरेको छ । संगठनको पहलमा  अझै रकम संकलन गरेर सहयोग गर्ने अभियानमा रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर कमिटिका ताराबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । सो संकलित रकम भने नगरपालिका भित्र रहेका विद्यालय तथा त्याहाँ कार्यरत शिक्षकहरुले गर्नुभएको सहयोग हो ।

सो रकम हस्तान्तरण कार्यक्रमम एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, जिल्ला सदस्य लालबहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

यस अघि पनि क्यान्सर पीडित श्रेष्ठको थप उपचारको लागि प्रेससंगठन नेपाल सिन्धुपाल्चोकले ३७ हजार ५ सय प्रदान गरेको थियो ।


, , , ,