चौतारा ।
खानेपानीको सामाग्री चोरी गर्ने गिरोह लाइ प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १२ स्थित जनजागृती माध्यमिक बिद्यालयको प्राङ्गणमा स्टोर गरि राखेको खानेपानीको निर्माण सामाग्रीहरु चोरी गरेर लैजादै गर्दा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
टुनुबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानि योजना को २२ सय वटा धारा बितरणको अन्तिम चरणमा पुगेको अबस्थामा उक्त सामान बिहीबार राती चोरी भएको थियो । राती ११ बजेको समयमा कवाडीको सामान बोकेको गाडी साँगाचोक चौकीबाट क्रस भैइ सके पछी समान चोरी भएको हल्ला भए पछी सोही गाडीमा पो लगेको होकी भन्ने शङ्का गरि उक्त गाडी पछंयाउँने क्रममा सामान फेला परेको ले सामान सहित गाडी नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यलयमा बुझाइएको थियो ।
चोरी भएको सामान नियन्त्रण गर्नमा प्रहरी नायब निरिक्षक प्रमोद जङ्ग कार्कीको नेतृत्व टोली गएको थियो भने काभ्रे पलाञ्चोक जिल्लाको खावामा पुगे पछी गाडी र सामान सहित कही कवाडी वालाहरु पक्राउ वरेका थिए भने केही भागेकाले उनिहरुको खाजी भइ रहेको खानेपानी उपभोक्ता समितीका अध्यक्ष दधीराम पराजुलीले जानकारी दिनुभयो ।
उँहाका अनुसार भारत निबासि कवाडीवालाहरु र गाडि चालक धादिङ्ग का सञ्चराम तामाङ्ग सहित गाडि जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक ले नियन्त्रणामा लिएर आबश्यक कार्बाही को प्रकृया अगाडी बढाएको छ ।यसरी गाँउमा नै कवाडिवालाहरुले रातारात समान चोरि गरेर लगेको थाहा पाउँना साथ प्रहरी चौकिका प्रमुख कार्किको नेतृत्वमा राति नै गयर खावामा पुगि उक्त गाडि नियन्त्रणमा लिई पक्राउ गर्न सफल भएको मा प्रहरी चौकीको उक्त कार्यको प्रशंसा गर्दैे जनजागृत माबिका प्रधानध्यापक पदम प्रसाद पराजुलिल विशेष धन्यबाद दिनुभयो ।
काठमाण्डौको बालाजुमा लान लागेको भन्दै बा९च ५९४४ न डिआइमा लाँदै गर्दा गाडी सहित सामान नियन्त्रणमा लिइ जिल्लामा पठाइएको साँगाचोक प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरिक्षक प्रमोद जङ्ग कार्की ले बताउँनु भयो ।
सगरमाथा ग्रिलिङ्ग कन्टक्शन कम्पनिले ठेक्कामा काम गरिरहेको उक्त योजनाले यही बर्ष खानेपानीको काम सम्पन्न गरि हस्तानन्तरण गर्ने तैयारी गरिरहेको थियो ।
यसरी योजना सम्पन्न हुन लागेको अन्तीम अबस्थामा बहुमुल्य सामाग्री गेडवयल, लगाएतका करिब बाह्रलाख भन्दा बढी मुल्यको सामानहरु चोरी भएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।