त्रिपुरा सुन्दरी गाँउपालीकाले शुरु गर्यो निशुल्क ल्याब


नेत्रबहादुरबस्नेत

 नागरिक स्वस्थ्य, रहे सक्षम नागरीक बन्छ सक्षम नागरिक भए समृद्ध राज्य बन्छ , त्यसैले सबै नागरिक स्वस्थ रहनु पर्छ भन्दै आफुले स्वास्थ्य क्षेत्रको  बिकासका लागी पनि महत्वका साथ काम गरि रहेको त्रिपुरा सुन्दरी गाँउपालीकाको अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउँनु भएको छ । उँहाले बुधबार गाँउपालीकामा  निशुल्क स्वास्थ्य प्रयोग शालाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।


उद्धघाटनका क्रममा उँहाले जब नागरिक स्वस्थ्य रहन्छ उसले शिक्षा, हासिल गर्छ , काम गर्न सक्छ अनि मात्र उसले आत्मा निर्भरतामा लाग्न सक्छ , त्यसैले नागरिकको पहीलो सम्पती भनेकै स्वास्थ्य रहेको बताउँनु भयो । उँहाले बिश्वब्यापी रुपमा फैलिएको कोराना महामारी बाट त्रसित भएका आफ्ना आफ्ना गाँउपालीकाका नागरिकलाइ गाँउमा नै (चिनी रोग) मधुमेह । युरिकएसिडबिभिन्न रोगका  रगत जाच, रक्त समुह जाँच, हेपाटाइटिस, एच.आई.भी , औलो , भिरिङ्गि, मृर्गाैला रोग , कालाजार , पिसाप जाँच , दिशा जाँच ,टाइफाइट, लगाएतका रोगहरुको परिक्षण गरि उपचार गर्न पाउँने भएको बताउँनु भयो ।’स्वास्थ्य नै मानिसको धन हो’ भन्ने अभिप्रायलाई सार्थक तुल्याउन त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष श्री भुपेन्द्र श्रेष्ठ ले  २०७७कार्तीक १९  गते ल्याव सेवा संचालन शुरु गर्नु भएको हो ।

उँहाले े त्रिपुरासुन्दरी गाउँपालिका ले जनताको स्वास्थ्य सम्बन्धि नया कार्य थालनि गरेका छौ।स्वास्थ सेवाको प्रयोशाला बाट विभिन्न किसिमका रोगहरुका निःशुल्क जनतालाई जाच गराइने कुराको समेत जानकारी गराउन चाहान्छु भन्नु भयो । यस अघी त्रिपुरासुन्दरी गाउपालिकाबाट एम्बुलेन्स सेवा समेत सुरु गरिसकेको छ । गा. पा. अध्यक्ष श्रेष्ठले गाँउपालीकाका नागरिकलाइ कुनै पनि सेवाबाट बञ्चीत हुन नपरोस भन्दै आफु  नागरिकको सुरक्षाका लागी सधै लागी पर्ने बताउँनु भयो । त्रिपुरा सुन्दरी गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र मणी न्यौपानेले हरेक नागरिकको स्वास्थ्य, शिक्षा ,खानेपानी लगाएतका अत्याबश्यक सेवा पाउँने अधिकार हुन्छ नागरिकको त्यही अधिकार पुरा गर्नका लागी पनि गाँउपालीकाका सबै पदाबिकारीहरु लागी परेका छन भन्नु हँदै प्राप्त सुबिधाको सबैले संरक्षण गरेर सही सदुपयोग गर्नु पर्ने बताउँनु भयो ।



गाँउपालीकाका  स्वास्थ्य शाखाका प्रमुख चन्द्र नारायण शाहाले हरेक नागरिकलाइ स्वास्थ्य सेवा दिनका लागी गाँउपालकिाले कुनै पनि कसुर बाँकी नराखेको बताउँदै नागरिकको स्वास्थ्य परिक्षणको लागी गाँउपालीकाले निशुल्क ल्याब को ब्यबस्था गरेको बताउँनु भयो । उँहाले दशैको नवमीका दिन अध्यक्ष श्रेष्ठले गाँउपालीकाको एम्बुलेन्स पुजा गरेर उद्धघाटन गर्नु भएको समेत शाहले बताउँनु  भयो । 



, , , , , , ,