जिल्ला प्रशासन कार्यालयको सेवा लिने आलो पालो हटयो
चौतारा ।
जिल्ला प्रशासन कार्यालयको सेवा लिने आलो पालो हटेको छ । अब जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा लिन पालिकाले पालो कुर्नु नपर्ने भएको छ । कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै यस्तो बताएको हो ।
कोभिड –१९ को संत्रसमण जिल्लामा उच्च रुपमा फैलिएको र सामाजिक दुरी कायम गरि कार्य संचालन गर्नुपर्ने भएकोले कार्तिक २३ गतेबाट आलोपालो प्रणालिबाट सेवा उपलब्ध गराउदै थियो ।
अब आइतबारबाट सबै पालिकाका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयबाट संचालन हुँदै आएको सेवाहरु पाउने सबैले एकैदिन पाउने छन् ।