मेलम्चीका हार्डवेयर पसलहरूको अनुगमन

मेलम्ची । 

चाडपर्वका बिच  बजार अनुगमनलाई तीव्र बनाइएको मेलम्ची नगरपालिकाले बिहिबार पुनः हार्डवेयर पसलहरूको अनुगमन गरेको छ ।


जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाइमा र ट्रान्सपरेन्सी ईन्टरनेशनल सिन्धुपाल्चोक र मेलम्ची नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा दर्ता नविकरण नभएकालाई दर्ता गर्न आग्रह गरिएको केही म्याद गुज्रेका सामान नष्ट गरिएको सिमेन्ट रड भण्डारणको बारेमा जानकारी दिइएको ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका जिल्ला अधिकृत उमेश विकले जानकारी दिनुभयो ।

साथै घरेलु नगरपालिकामा दर्ता नविकरण रढक तराजु नवीकरणका बारेमा जानकारी दिइएको थियो । अनुगमनमा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नारायण लघु, घरेलु साना उद्योगका उद्योग अधिकृत प्रवीण श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रामकृष्ण चालिसे , ११ नम्बर वडाका अध्यक्ष रुद्र दुलाल, प्रहरी ,सञ्चारकर्मी र उपभोक्त कर्मीको सहभागिता रहेको थियो । नगरपालिकाले यसअघिका दिनहरुमा पनि बजारमा बिक्री भईरहेका अखाद्य सामाग्री तथा म्याद नाँघेका पेय पदार्थहरुको अनुगमन गरेर जफत गर्दै आएको नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । हिउँद लागेसँगै पुननिर्माणका तथा विकासका कार्यहरु अघि बढ्ने र बढाउने हुँदा यसलाई लक्षित गरि हार्डवेयर पसलहरूको अनुगमन गरिएको पनि प्रमुख अर्यालले बताउनु भयो ।


, , , ,