एमनेस्टि इन्टरनेसनल सिन्धुपाल्चोक समुहको गठन

चौतारा । 

विस्वभरिनै मानवाधिकारको छेत्रमा काम गर्दै आइरहेको एमनेस्टि इन्टरनेसनलले सिन्धुपाल्चोक समुहको गठन गरेको छ ।


नेपालभरी ७० भन्दा बढि समुह रहेको एमनेस्टि इन्टरनेसनलको सिन्धुपाल्चोक समुह दामोदर भारतिको सम्योजकत्वमा ११ सदसिय कार्य समिति गठन भएको हो ।

 कार्य समितिमा सुदिप रिसाल उप सम्योजक बिदुर जोति सचिव सुवास गिरि सह सचिव सिता सापकोटा कोषाध्यक्ष र सदस्यहरुमा धर्मराज गिरि सानोकान्छा तामाङ कविता थापा मिठु गिरि र भवानि ढुङ्गाना रहनुभएको छ ।

जुम मार्फत भएको सो कार्यक्रममा प्रमुख अतिथि एमनेस्टि इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष बिक्रम ढुकुछुले मानव अधिकारको रक्षा र जनचेतना जगाउने कार्यमा समिति सफल हुनेमा आशा ब्यक्त गर्दै सर्वसम्मत निर्वाचित हुनु भएकोमा सम्पुर्ण कार्य समिति सदस्यहरुमा सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभयो ।


, ,