सभामुखद्वारा जिल्लाको विकास निर्माणको स्थिति बारे छलफल

चौतारा  ।

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद् पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थिति लगायतका विषयमा छलफल गर्नुभएको छ ।


छलफल विपद् पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत थियो । सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्श समेत लिनुभएको छ ।

सिन्धुपाल्चोकमा २०७७ साल असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, ३० साउनको लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भइ बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरुको अबस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अबस्था र विस्थापितहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको थियो । 


,