बागमती प्रदेशको नवनिर्मित बहुउद्देश्यीय भवनको उदघाटन


बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुरको परिसरमा नवनिर्मीत बहुउद्देश्यीय भवनको हेटौडा उप(महानगरपालिकाका नगर प्रमुख हरी बहादुर महत को प्रमुख आतिथ्यतामा शुक्रबार समुदघाटन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि महतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न शुवेच्छुकहरुलाई कदरपत्र प्रदान गर्नुका साथै निर्माण कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।


समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हेटौडा उपमहानगरपालिका, विभिन्न शुभेच्छुक महानुभावहरु र प्रहरीको आन्तरीक स्रोत तथा श्रमदानबाट रु. १,०१,४८,२५९ (एक करोड एक लाख अड्चालिस हजार दुई सय उन्साठी) बराबरको लागतमा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न भएको हो । प्रहरीका आन्तरीक सभा, सम्मेलन तथा प्रशिक्षण गतिविधी संचालन गर्ने र व्यामशाला, व्याडमिण्टन, टेबलटेनिस लगायतका खेलकुद कार्यक्रम समेत संचालन गर्ने अभिप्रायका साथ मिति २०७७ साल श्रावण १५ गते प्रदेश प्रहरी प्रमुखबाट शिलान्यास भई निर्माण कार्य शुरुवात गरीएको उक्त भवन १०० (एक सय) दिनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखीएको थियो । बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी जनशक्तिको श्रमदानबाट उक्त भवन ९४ दिनमानै सम्पन्न गरीएको छ । निर्माण कार्यका लागि प्राप्तह बिभिन्न सहयोगहरुलाई पारदर्शी र व्यवस्थीत बनाउन प्रदेश प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोकत्वमा भनव निर्माण समिति गठन गरीको थियो । उक्त कार्यक्रममा भवन निर्माण सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिबाट आफ्नो मन्तब्य राख्नु भई बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकबाट प्रमुख अतिथि, अतिथि लगाएत उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो । उक्त समुदघाटन कार्यक्रममा निर्माण कार्यमा सहयोग गर्ने स्थानिय शुभेच्छुकज्यूहरु, संचारकर्मीहरु लगाएत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा का प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरीक्षकसुदिप गिरीले जानकारी दिनु भयो ।


,