आईशोलेशन मा टिका लगाइदिन पाँउदा खुशी छुं खड्का



सिन्धुपाल्चोक  जिल्ला साबीक कालिका गाबीस वडा न ७ मा बि .स २०३० माघ महीना  १०गते का दिन  पिता श्री विष्णुवहादुर खडका र माताँ  हरिमाया खड्काका जेष्ठ सुपुत्रका रुपमा जन्मनु भएका बर्ष ४७ का युग बहादुर खड्का  उँहा हाल बाह्र्बिसे नगरपालीका मा  राजश्व शाखा प्रमूख को जिम्मेवारीमा कार्यरत रहुनू भएको छ  . उँहा हाल मात्रै कोराना महामारीलाइ जितेर सकूशल रहनु भएको मध्य एक हुनुहुन्छ .। नेपालीहरुको महान चाड हिन्दुपरम्परा अनुसार  आईशोलेशन मा नै दशैको टिका सहित त्यहाँ भएका लाइ आशीरबाद सहित टिका, जमरा  लगाइदिने मौका पाउँनु  भएका  खड्का सँग हामीले गरेको छोटो कुराकानी  


१यँहाको परिचय दिनुहोस न 

खाश गरि मेरो परिचय यँहाले माथी नै दिइ सक्नु भएको छ । तर पनि मेरो  नाम युग बहादुर खड्का हो म शुरुमा तत्कालीन  जिल्ला बिकास समितीमा शाखा अधिकृत छैठौं पदमा कार्यरत रही हाल बाह्र्बिसे नगरपालीकाको राजस्व शाखा प्रमुखको पदमा रही  कार्यरत रहेको छु . मैले २०७५ साल मंसिर देखी प्रशासनिक  पेशामा रहेर नागरिकको  बाह्रबिसे नगरपालिकामा सेवा गर्दै आइ रहेको छु  


२ हाल सम्म तपाइले के कस्ता कामहरु गर्नु भयो र तपाइको अबस्था के रहेको छ 

खाश गरि मैले प्रशासैनिक कामका साथै सामाजिक कामहरु पनि गर्ने गरेको  छु । समाजका पछाडी परेका नागरिकका लागी बिशेष सहयोग गर्न मन लाग्छ । म जिबीसमा हुँदा पनि जसको पहुच कम छ त्यस्तालाइ आफैले सोदखोध गरेर उनिहरुको समस्या समधानमा सहयोग गर्ने गरेको थिए । कती पय स्थानमा त मैले आफ्नै पहmमा सिचाइ, खानेपानी , बाटो लगाएतका बिकासका कामहरुमा स्थानीयहरुलाइ बजेटको ब्यबस्थापनको लागी पहल गरिदिने गरेको थिए । त्यसकारण जिल्लामा रहँदा पनि मलाइ धेरै सर्बसाधरणहरुले मन पराउँदथिए मेरै शाखामा बढी भिड हुने गरेको थियो अहिले पनि मैले बाह्रबिसे नगरपालिकामा राजस्व वृद्धिका क्षेत्रमा नयाँ कार्यहरु, बजार व्यवस्थापन सम्वन्धी कार्य, घुम्थाङ पहिरो डाटा संकलन, लगायतका कार्य गर्ने मौका पाएको छु । यस सँगै यँहाका समस्यामा परेका नजागरिकलाइ समस्या समधानका लागी आबश्यक सल्लाह सुझाब दिने गरेको छु । नगरपालीकाको निती निर्देशन पालना गर्न गराउँनका लागी परेको छु  र आन्तरिक आय वृद्धिका क्षेत्रमा कार्य गर्दै आइरहेको छु,।

३ बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण तपाँइ आफु पनि पिडीत हुनु भयो यसले  कस्तो असर गरेको पाउँनू भयो 

बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बाह्रबिसे नगरपालिका पनि अछूतो रहन सकेन,नगरपालिकाले सेवाग्राहीलाई सेवा दिने क्रममा म समेत पीडित हून पूगी १७ दिन सम्म नगरपालिकाले निर्माण गरेको आईशोलेशन गृहमा बसे र यसबाट मैलै हामीले कुनै पनि कार्य गर्दा निकै सावधानी अपनाउनु पर्ने कुरा महशुस गरे साथै यो रोग लागेपछि नेपाल सरकार लगायत विव स्वास्थ्य संगठनले तोको मापदण्ड पूर्ण रुपमा पालना गरे ठिक हुने कुरा महशूस गरे .


४ तँपाइ १७ दिन सम्म आईशोलेशन गृहमा बस्नु भयो कस्तो अनुभव गर्नु भयो 

 सबै भन्दा पहिले त स्वास्थ्यमा कसैलाइ पनि कुनै समस्या नपरोस कोही पनि अस्पताल, या आईशोलेशनमा भर्ना हुन नपरोस , यसका  लागी बिस्व स्वास्थ्य सङ्गठन र नेपालसरकाले तय गरेको स्वास्थ्य मापदण्ड अनुसार काम गरौ भन्ने सल्लाह दिन चाहान्छु ।


खाश गरि मेरो १७ दिने बसाइमा खाशै ठुलो समस्या परेन किन भने नगरपालीकाको प्रमुख उप प्रमुख र कर्मचारी साथीहरुको सदभाब सहयोग अनी उँहाहरुको तर्फबाट गर्न पर्ने सहयोगमा कमी भएन तर पनि परिबार भन्दा टाढा रहेको अनुभबले मनलाइ शान्ती राख्ने ठाँउ भने पाइएन नै यस बिचमा मैले फेरी दशैको टिका लगाइदिन पाँउदा म आफुलाइ भाग्यमानी नै ठानेर चित्त बुझाउँने ठुलो अबशर मिलेको थियो ।

खाश गरि जती जस्ले जे भने पनि काम गरिरहने मानिसलाइ यसरी बस्दा भने ठुलै छटपटी हुने रहेछ । फेरी पनि सबैले स्वास्थ्य मापदण्ड अपनाएर काम गरौ यदी  यसो गर्दा गर्दे पनि रोग लागी हाल्यो भने पनि नर्मस हुने काम नगरौ आत्मा बल बढाऔ  स्वास्थ्यमा ख्याल राखौ यही मेरो सबैमा अनुरोध पनि छ । 


५यसको रोक थाम तथा उपचारको लागी कसरी ब्यबस्थापन गर्न पर्ने देखिन्छ  

यो रोगको रोकथाम तथा उपचारको लागि नागरिहरुलाई सचेतना सम्वन्धी कार्य व्यवापक रुपमा अगाडी बढाउने, ब्यवास्थ्या सम्वन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने, आईशोलेशनमा रहदा डाक्टरको सल्लाह अनुसार तोकिएको औंषधी खाने, अनुशासनको पालना गर्ने खाश गरि यसको रोकथामका लागी स्वास्थ्य मापदण्ड नै पालना गर्नु पर्छ । .

६  तँपाइ लाइ नगरपालीकाको आइसोलियसनमा बस्दा कसकसबाट कसरी सहयोग पाउँनू भयो 

मलाइ नगरपालिकाले निर्माण गरेको आइशोेशनमा बस्दा आराम महशूस गरेको थिए, केही व्यवस्थापन नमिलेकको भए तापनी हामी त्यहाँ बस्न शुरु गरेपछि नगर प्रमुख निमफुञ्जो शेर्पा, उप प्रमुख शुशिला पाख्रिन, प्रमुख प्रशासकिय अधिकृत नगालिकाका अन्य कर्मचारीहरुबाट राम्रो सहयोग पाए को थिए। खाश गरि मलाइ आबश्यक पर्ने सबै खाले सहयोग नगरपालीकाले गरेको थियो । .


७ हाल सम्म बाह्र्बिसे नगरपालीकाले यस सम्बन्धी गरेका कामहरुका बारेमा यँहाको कस्तो अनुभब रहेको छ  

 हालसम्म नगरपालिकाले कोरोना पोजेटिभका सम्वन्धमा विदेशबाट फर्कनेहरुका  लागि क्वारेन्टाईन र पोजेटिव देखिएका बिरामी मान्छेहरुका लागि क्वारेन्टाईन र आइशोलेशन गृह नगरपालिकाले आफ्नै पहलमा निर्माण गरेको छ, यसबाट हामीजस्ता पीडितहरुका लागि ठुलो मद्दत मिलेको छ ।.


८ समग्रमा अहिले  देखीएका समस्या के हून र समधानका लागी के गर्नू पर्ला 

बाह्रबिसे नगरपालिकामा समग्रमा भन्नुपर्दा एउटा नगर स्तरीय योजना बनाउन जरुरी छ, यसमा सडक, पर्यटन्, कृषि, पशुपालन, हाम स्टे, बजारीकरण, बन व्यवस्थापन, आन्तरिक आयको व्यवस्थापन, बजार तथा फोहोरमैला व्यवस्थापन,  लगाएतका लागी दिर्घकालीन योजना बनाउन जरुरी छ .

९तपाईको भाबी रण निती  के छ  कसरी अगाडी बढ्ने योजना  छ 

मेरो भावी रणनति नगरपालिकाको आन्तरिक आयमा वृद्धि गरी आयस्रोत बढाउने, बजार व्यवस्थापनका कार्य व्यवस्थित गर्ने, नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको समन्वयमा रहेर कार्य गर्ने आदि रहेको छ .

 १० तपाइको जिवनमा तपाइलाइ अहिले सम्मको यात्रामा बिर्सनै नसकिने केही घटनाहरु छन की 

 मेरो जीवनमा अहिले सम्म विर्सनै नसकिने धेरै घट्नाहरु छन् जस्तै नेपालको संविधान निर्माणका सम्वन्धमा राय सुझाव संकलन सम्वन्धी गाउँ गाउँमा गई संकलन सुझाव सम्वन्धी कार्य, संघियता कार्यान्वयनका क्रममा जिल्लाको स्थानीय तहको नामाकरण र सिमाङ्कनका विषय लगायतका कार्य ज्यादै रोचक र महत्वपर्ण थियो .

 ११अन्तमा याँहाको भनाइ के रहेको छ 

गत बर्ष चाईनामा पत्ता गगेको कोरोना भाईरस कोभिड १९ ले विश्वव्यापी रुप लिई सकेको छ भने विश्वमा १२ लाख भन्दा बढीको ज्यान लिईसकेको यो रोगले नेपालमा एक हजार दूइृ सय भन्दा बढीको  ज्यान लिईसकेकोछ, यसर्थ यो रोग केही पनि होईन भन्नेहरुका लागि गतिलो झापट बनेको छ, त्यसैले यो रोग लाग्लै नदिन र  सवधानी अपनाउँदा अपनाउँदै पनि रोग लाग्यो भने रोग लागि सकेपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड कडाईकासाथ पालना गर्न र विना काम घर बाहिर ननिस्की सरकारलाई सहयोग गर्न जरुरी छ भने निस्कनै परे पनि गुणस्तरीय मास्क, स्यानीटाईजर, प्रयोग गर्नु जरुरी छ । कोभिड १९ का सबालमा नागर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्य केन्द्र,बाह्रबिसे लगायत अन्य सहयोगी सम्वद्ध सबैंमा बिशेष धन्यवाद  दिदै तपाइको लोकप्रिय समाचार दैनिक ले मेरा केही बिचार राख्ने मौका दिनु भएकोमा  लोकप्रियसमाचार परिबारलाइ समेत बिशेष धन्यबाद दिन चाहान्छु । .




, , , , , , ,