“प्रथम पाँचपोखरी कप २०७७“ आयोजना हुने

पाँचपोखरी । 

’’राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल, पर्यटनका लागि खेल र पाँच पोखरीका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रथम पाँचपोखरी कप २०७७ आयोजना हुने भएको छ ।

 नेपालीहरूको महान चाड शुभदिपावली ,छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान सहित खुला मैत्रीपूर्ण प्रथम पाचपोखरी कप २०७७ फुटबल प्रतियोगिता हुने भएको हो ।

 कोरोना संक्रमणको जोखिमको बाबजुद स्वास्थ्य सतर्कताका नियमहरु पालना गरी सञ्चालन हुन गइरहेको उक्त प्रतियोगिता पाँचपोखरी थाङपाल गाउँपालिकाको ३ नम्बर वडामा पर्ने भोताङको यार्सा खेलमैदानमा हुनेछ । उक्त खेल कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म चल्ने आयोजक भोताङ फुटबल क्लबले जनाएको छ ।

यसका लागि कार्तिक २४ गतेसम्म दर्ता मिति तोकिएको छ भने रु १० हजारदर्ता शुल्क तोकिएको छ यसका लागि सहभागी हुन चाहने टिमले लाथान रेष्ट’रेन्ट एण्ड बार भोताङमा सम्पर्क गर्नुपर्ने छ । तिममा खेलाडी तथा अफिसियल मेम्बरहरूको हालसालै खिचेको पिपि साईजको एकप्रति फोटो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नगरीकता नभएको हकमा जन्म दर्ताको प्रतिलिपी पनि तोकिएको छ ।

 खेलमा प्रथम हुनेले नगद रु ५० हजारकोे साथमा मेडल प्राप्त गर्नेछन् भने द्धितिय हुनेले नगद रु २५ हजारको साथमा मेडल प्राप्त गर्नेछन् । त्यस्तै खेलमा म्यान अफ दि म्याच, म्यान अफ दि टुर्नामेन्ट, बेष्ट किपर र टप स्क्रोररलार्ई पनि पुरस्कारको व्यवस्था कोरिएको छ । साथै खेलमा सहभागी हुन चाहने खेलाडीहरुले जर्सी सेट र फुटबल सुअनिवार्य गरिएको आयोजक भोताङ फुटबल क्लबले जनाएको छ ।

, , ,